काठमाडौँ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजान (एमसीसी) यथास्थितिमा स्वीकार्य नहुने बताएका छन्। आइतबार सामाजिक संजालमा एक पोस्ट गर्दै नेता श्रेष्ठले सो कुराको जानकारी दिएका हुन्।
एमसीसीलाई प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पठाएको पत्र र देउवा र प्रचण्डलाई अमेरिकाले पठाएको जवाफी पत्र सार्वजनिक भएको छ।