भादगाउँ : फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु ९चीर ठड्याए०सँगै भक्तपुरमा यस वर्षको फागु पर्व सुरु भएको छ।वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रङ्ग, अविर दलेर, आपसका वैरभाव बिर्सेर खुशी साटासाट गर्दै मनाइने पर्व हो। तर भक्तपुरमा भने यो पर्व मनाउने प्रसङ्ग बेग्लै रहेको छ।काठमाडौंको हनुमानढोकास्थित वसन्तपुरमा रङ्गीविरङ्गी कपडाको ध्वजासहित तीन खण्डे चीर ठड्याएर फागु पर्व सुरु भएको मानिन्छ भने भक्तपुरमा तचपालमा काठको लिङ्ग प्रदर्शनमा राखेर चीर स्वायगु गरिन्छ।भक्तपुरको तचपालस्थित दत्तात्रय म