बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको अध्यक्षमा हालै नेपाल सरकारका पूर्वसचिव सूर्य सिलवाल नियुक्ति हुनुभएको छ। प्रधानमन्त्री कार्यालयमा कुनै बखत हामी दुवैजना सहकर्मी थियौं।हकी स्वभावका, इमान्दार एवम् सदाचारका धनी मेरा मित्रको समितिमा आगमनसँगै म र म जस्ता धेरैको मनमा बीमा क्षेत्रले सुधारको गति लिने अपेक्षा बढेको छ। यसर्थ, बीमा क्षेत्र सुधार निम्ति यो लेखमार्फत केही प्रस्ताव अघि सार्न चाहन्छु।बीमा क्षेत्रको महत्व बीमा क्षेत्रलाई विश्वव्यापीरूपमा अर्थतन्त्रको मेरुदण्डका रूपमा बुझिन्छ।