आर्थिक विधेयकमार्फत ल्याइएको ‘लगानीको आयस्रोत नखोजिने’ व्यवस्थामाथि भएका टिप्पणीहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै सम्पत्ति शुद्धीकरणको गतिविधिमा छुट नहुने अर्थ मन्त्रालयले जनाएको छ ।
काठमाडौँ । सरकारले सम्पत्ति शुद्धीकरण, आतङ्कवादी क्रियाकलाप, भ्रष्टाचार वा अन्य कुनै कसुरजन्य कार्यका सम्बन्धमा कुनै पनि प्रकारको छुट नहुने स्पष्ट पारेको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयक, २०७८ बाट आयकर ऐन, २०५८ को दफा ११ गत थप गरी राष्ट्रिय महत्त्वका पूर्वाधार विकास परियोजना र उद्योगमा २०८० साल चैतसम्म गरेको लगानीको आयस्रोत नखोजिने उल्लेख गरेको थियो […]