बारागढी गाउँपालिकामा आपाङ मैत्री हाण्डपम्प धारा जडान हुँदै

काठमाडाैं । बारागढी गाउँपालिका वडा नम्बर १ र ३ मा धारा सुरक्षित खानेपानी तथा आपाङ मैत्री हाण्डपम्प धारा भइरहेकाे छ । युनिसेफ नेपालको आर्थिक सहयागमा गाउँपालिकाले वडा नम्बर १ पिप्रा टोल तथा वडा नम्बर ३ खोपवामा सुरक्षित खानेपानी तथा आपाङ मैत्री हाण्डपम्प धारा जडान भइरहेको हाे। सुरक्षित खानेपानीको अभाव नहाेस भन्ने उद्देश्यले हाण्डपम्प धारा जडान […]

सम्बन्धित सामग्री

सिन्धुलीको चनौटेमा १ सय बढी घरमा खानेपानीको धारा जडान

सिन्धुली । सिन्धुली जिल्लाकोे मरिण गाउँपालिका–३ चनौटेका १ सय ३ घरमा खानेपानीको धारा जडान गरिएको छ । चनौटेबासी स्वच्छ पिउने पानीको समस्या खेप्दै आएका थिए । सोही स्थानमा रहेको दरबार लिफ्ट खानेपानी तथा सरसफाई आयोजनाको निर्माण सम्पन्न भएसँगै यहाँका बासीन्दाहरुले खानेपानीको सुविधा पाएका हुन् । वर्षाैंदेखि खानेपानीको समस्याले निकै सास्ती व्यहोर्दै आएका चनौटेबासीको घर–घरमा खानेपानीको […]

तीन हजार चारसय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ । गाउँपालिकाले गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारी तथा विभिन्न दातृ निकायको सहयोगमा खानेपानीको अभाव भएका घरमा एक घर एक धारा जडान गरेको हो । गाउँपालिकाको समस्याका रुपमा खानेपानी रहेको हुँदा जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि खानेपानीका क्षेत्रमा योजना अगाडि बढाएसँगै तीन …

कालीगण्डकीका ३ हजार ४ सय घरधुरीमा एक घर एक धारा

स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका तीन हजार चारसय घरधुरीमा ‘एक घर, एक धारा’ जडान गरिएको छ।

विपन्न उपभोक्तालाई निःशुल्क खानेपानीको धारा

दाङ – लमही नगरपालिका–५ को आर्थिक सहयोगमा अति विपन्न घरपरिवारमा निःशुल्क खानेपानीको धारा जडान गरिएको छ। चालु वर्ष विनियोजन भएको रकमबाट ३१ घरपरिवारमा निःशुल्क धारा जडान गरिएको हो। लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था सँगको सहकार्यमा वडा कार्यालयले खानेपानीको धारा निःशुल्क जडान गरेको वडाध्यक्ष ओमप्रसाद सुवेदीले जानकारी दिए। धारा जडान शुल्क वडा कार्यालयले खानेपानी संस्थामा […]

घर–घरमा खानेपानीको धारा जडान भएपछि थाया बस्तीका स्थानीय हर्षित

सिमकोट – हुम्लाको सिमकोट गाउँपालिका–७ को थाया बस्तीमा खानेपानीको धारा जडान गरिएको छ। घरघरमा खानेपानीको धारा जडान भएपछि सधैँ खोलाको पानी खानुपर्ने बाध्यतामा रहेका स्थानीय खुसी भएका छन्। थाया मथुरा खानेपानी योजना निर्माण भइ सञ्चालनमा आएपछि घरघरमा धारा जडान सम्भव भएको हो। थाया गाउँका स्थानीय गोपी सिंहका अनुसार खानेपानी योजना दुई वर्ष लगाएर सम्पन्न भएपछि […]

नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ । ‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन् । नरहरिनाथ गाउँपालिका–९ को लालुमा तल्लो रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनामार्फत २३७ घरधुरीमा खानेपानीका धारा जडान गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए । ‘हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ,’ उनले भने, ‘हेल्भेटासको एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा ती आयोजना सम्पन्न भएको हो ।’ यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका–९ लालुमा ३८२ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको थियो । त्यसै आयोजनामार्फत थप २३७ गरेर गाउँमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष विष्टले बताए । ‘अहिलेसम्म गाउँका ६१९ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ,’ उनले भने, ‘पुस्तौंदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ ।’ रासस

सुडीगाउँका प्रत्येक घरमा खानेपानी धारा

जुम्ला : जुम्लाको तिला गाउँपालिका–६ सुडीगाउँमा प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको छ। खानेपानी आयोजना निर्माणका लागि प्रत्येक घरले ७९ दिन काम गरेका थिए।कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलवायु परिवर्तनद्वारा सिर्जित चुनौती अनुकूलनसम्बन्धी कार्यक्रम (क्याप्स कर्णाली परियोजना) अन्तर्गत धारा जडान गरिएको हो।अहिले प्रत्येक घरमा खानेपानी धारा जडान गरिएको सुडीगाउँकी स्थानीय गौरीकला रावलले बताइन्। उनले भनिन्, ‘नेपाल सरकार वन तथा वातावरण मन्त्रालय र विश्व खाद्य कार्

१०८ घरमा ‘एक घर–एक धारा’ जडान

वालिङ । यहाँका १०८ घरमा एक घर एक धारा जडान गरिएको छ । लामो समयदेखि खानेपानीको समस्यामा गुजारा चलाइरहेका वालिङ–५ मजकोटमा बोहोरीखोला मजकोट लिफ्टिङ खानेपानी योजनामार्फत घर घरमा पानी पुगेको हो । विभिन्न चरणमा वालिङ नगरपालिकाबाट विनियोजन भएको रु ५० लाखको लागतमा योजना सम्पन्न गरी प्रत्येक घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको वालिङ नगरपालिकाका […]

वालिङका एक सय घरमा धारा जडान

७ भदौ, वालिङ । व्यवस्थित र शुद्ध खानेपानीको अभाव झेल्दै आएका स्याङ्जाको वालिङका बासिन्दाले घर–घरमा खानेपानीको धारा जडान गरिएपछि राहत महसुस गरेका छन् । वालिङ नगरपालिका–२ का राक्से, सिमलचौपारी र फुटेढुंगाका एक सय घरधुरीमा एक घर, एक धारा निर्माण गरिएसँगै खानेपानीको सहजता भएको हो । नगरपालिकाको ३२ लाख ५० हजार र स्थानीय उपभोक्ताबाट नौ लाख […]

तलकोटका एक हजार ६२ घरधुरीमा धारा जडान

बझाङ : तलकोट गाउँपालिका–१ मा तेलेकाँडा बहुउपयोगी खानेपानी योजना सम्पन्न भएपछि सात हजार ३९५ जना लाभान्वित भएका छन्। योजनाले एक हजार ६२ घरधुरीमा धारा जडान गरिएको जलस्रोत इन्जिनियर लोकेन्द्र ओलीले जानकारी दिए।आर्थिक वर्ष २०७४/७५ देखि तलकोटको वडिगाउँ, धामीगाउँ लगाएतका ठाउँबाट सुरु गरिएको खानेपानी योजना निर्माण सुरु गरिएको थियो। योजना सफल बनाउन तलकोट गाउँपालिकाले २ करोड १८ लाख‚ उपभोक्ताको जनरश्रमदान २ करोड ६१ लाख र नेपाल सरकार, फिल्याण्ड सरकार तथा युरोपियन युनियनको ५ करोड ३१ लाख रुपैयाँ ल