नेकपा (ओली पक्ष)का नेता सुवासचन्द्र नेम्वाङले संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा चलिरहेकाले आफू बोल्न नमिल्ने बताएका छन् । संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले सरकारले घोषणा गरेको निर्वाचन भने समयमै हुने दाबी गरेका छन् । उनले संसद् विघटनको सत्यता सर्वोच्च अदालतले फैसला गर्ने पनि बताए ।