टेकु अस्पताललाई बिध ल्याबले गर्यो एक्सट्रयाक्सन किट सहयोग, भोलिदेखि परीक्षण सुरु हुने

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यता प्राप्त बिध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ ।कोभिड–१९ (कोरोना भाइरस) को महामारीमा किटको अभाव देखिएको थियो । किट अभावमा हिजोदेखि पीसीआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको जनाएको छ।ल्याबकी इन्चार्ज डा. विनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो । टेकु अस्पतालका निर्देशक डा। सागरराज भण्डारीका अनुसार भोलिदेखि नियमित पीसीआर परीक्

सम्बन्धित सामग्री

देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा सेवा सुरु

१९ फागुन । देवदह नगरपालिकाद्वारा सञ्चालित देवदह नगर अस्पतालमा स्वास्थ्य बीमा प्रथम सेवा बिन्दु उद्घाटन भएको छ । सेवाको प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले उद्घाटन गरे । अब नगर अस्पताललाई प्रथम सेवा विन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरबासीले बीमा वापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधिहरु नगर […]

सिन्धुलीमा पनि कोरोना परीक्षण सुरु

सिन्धुली – सिन्धुलीमा आइतबारदेखि कोरोना भाइरस परीक्षणका लागि स्वाब सङ्कलन सुरु भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मती प्रदेश सरकारले सिन्धुली अस्पताललाई पीसीआर मेसिन सहयोग गरेसँगै कोरोना परीक्षण सुरु गरिएको हो । वाग्मती प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले कोभिड–१९ सदरमुकाम सिन्धुलीमाढीमा पीस...

वीरगन्जमा थप पीसीआर मेसिनबाट चाँडै परीक्षण सुरु गरिने

वीरगन्ज महानगरपालिकाले खरिद गरेको पीसीआर मेसिनबाट चाँडै कोरोना परीक्षण सुरु हुने भएको छ । वीरगन्ज उद्योग वाणिज्य संघ तथा वीरगन्जका उद्योगी व्यवसायी तथा विभिन्न संघ–संस्था र पर्सेली नागरिकहरूको आर्थिक सहयोगमा खरिद गरिएको पीसीआर मेसिन शनिबार नारायणी अस्पताललाई महानगरपालिकाले हस्तान्तरण गरेसँगै अब यसको जडान गरेर परीक्षण छिट्टै सुरु गरिने भएको हो ।

देवदहमा स्वास्थ्य बीमा सुरु

रुपन्देही जिल्लाको देवदह नगरपालिकाले स्वास्थ्य बीमा सुरु गरेको छ । यो पालिकाले गत माघमा स्वास्थ्य बीमा बोर्डसँग स्वास्थ्य बीमा ऐन–२०७४ र स्वास्थ्य बीमा नियमावली–२०७५ अनुसार सेवा प्रदान गर्ने सम्झौता गरेको थियो । प्रतिनिधि सभाका सदस्य छविलाल विश्वकर्मा र देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले बिहीबारदेखि लागू हुनेगरी बीमा सेवा शुभारम्भ गर्नुभएको हो । अब नगर अस्पताललाई प्रथम सेवा बिन्दु उल्लेख गरेर स्वास्थ्य बीमा गरेका नगरवासीले बीमाबापत पाइने निःशुल्क उपचार, ल्याब परीक्षण र औषधि नगर अस्पतालबाटै पाउनेछन् ।