सत्तारूढ पार्टीको आन्तरिक विवादबीचमा नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीको ‘सक्रियता’ नयाँदिल्लीका लागि तनावको मुद्दा बन्यो । केपी शर्मा ओली नेतृत्वको नेकपाको सरकार चीननिर्देशित रहेको प्रमाणित गर्न भारतीय विश्लेषक र मिडियाले राजदूत यान्छीको त्यही भेटवार्तालाई मुख्य आधार बनाए । त्यो अतिरञ्जना अश्लीलतासम्म पुग्यो, जसको उचित प्रतिवाद नेपालले ग¥यो ।
राजदूत यान्छीले नेकपाका नेतालाई के भन्नुभयो भन्ने चीनको घोषित नेपाल नीतिलाई हेर्दा थाहा हुन्छ । बेइजिङको नीति हो– ‘नेपालका कम्युनिस्ट मिलेर जानुपर्छ, विभाजित भएर होइन ।’ सीपीसी र नेकपाबीच सहकार्यको सहमति सार्वजनिक नै छ । छिमेकमा सक्रिय हुँदै गरेको चीनले त्यसैको स्वाभाविक सन्देश भारत र विश्व समुदायलाई दिन खोजेको देखिन्छ । वरपर प्रभाव विस्तार गर्ने बेइजिङ नीति कार्यान्वयनमा राजदूत यान्छी सफल÷असफल हुने उहाँको कूटनीतिक कलामा भर पर्छ । भेटवार्तालाई हस्तक्षेपका रूपमा अथ्र्याउने मौका कूटनीतिज्ञले दिनुहुँदैन ।