क्रिप्टोकरेन्सीमा बढ्दो नेपाली लगानीले अर्थमन्त्री जनार्दन शर्मा तनावमा परेका छन् । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सी लगायतका भर्चुअल मुद्राको लगानीमा नेपालीको बढ्दो रूचीले अर्थमन्त्री शर्मालाई तनावमा पारेको हो । उनले आज चालू आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षाको दौरान क्रिप्टोकरेन्सीमा नेपालीको बढ्दो लगानी बारे चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘नयाँ सूचना प्रविधिको विकास मानव जातिको लागि आफैँमा उपलब्धि हो । तर त्यो उपलब्धिभित्रका नकारात्मक पक्षहरू पनि छन् ।’‘हाइपर