नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका स्थायी समिति सदस्यहरुलाई आफ्नो भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समितिको बैठक अध्यक्ष कमरेड प्रचण्डले भोलिदेखि हुन गइरहेको भारतको तीन दिने भ्रमणको तयारी बारे जानकारी दिएका हुन् । करिब २ महिना पहिले नै नेपालका लागि तत्कालीन भारतीय राजदूत विनय मोहन क्वात्राले आफूलाई भेटेर भारतको तर्फबाट उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएको प्रचण्डको भनाइ थियो । भेटको अवसरमा प्रचण्डले