आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा सुरू

भक्तपुरमा आधारभूत तह कक्षा ८ उत्तीर्ण परीक्षा २०७८ बुधबारबाट सुरू भएको छ। २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा सुरु भएको हो।...

सम्बन्धित सामग्री

पच्चिस प्रतिशत पनि भएनन् उत्तीर्ण

कैलालीको भजनी नगरपालिकामा सामुदायिक विद्यालयहरूको कक्षा ८ (आधारभूत तह) को नतिजा निराशाजनक देखिएको छ । सो पालिकामा २०८० सालको नतिजा विगत वर्षको तुलनामा निराशाजनक देखिएको हो । यस नगरपालिकामा २३ विद्यालयबाट जम्मा ७८९ विद्यार्थीले परीक्षा दिएका थिए । तीमध्ये १८९ जना (२३.९५ प्रतिशत) विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । दुई विद्यालय शून्य भएका छन् । अधिकांश विद्यालयको उत्तीर्ण सङ्ख्या न्यून छ । परीक्षा दिएकामध्ये छ सय विद्यार्थीले कक्षा ८ पास गर्न सकेनन् । फेल भएकामध्ये १४४ जनाले गे्रड वृद्धिको अवसर पाएका छन् । नगरपालिकाको कार्यालयले प्रकाशित गरेको नतिजा अनुसार राष्ट्रिय माध्यमिक विद्यालय पचमुडियाबाट ४८ विद्यार्थी परीक्षामा सहभागी भएकामा कोही पनि पास हुन सकेनन् ।

नौबहिनीको आधारभूत तहको परीक्षामा ११ प्रतिशत विद्यार्थी उत्तीर्ण

२२ चैत, काठमाडौं । प्युठानको नौबहिनी गाउँपालिकाले आधारभूत तह (कक्षा ८) को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार जम्मा परीक्षार्थीमध्ये करिब ११ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा सहभागी भएका १८ विद्यालयका ७४३ …

शिक्षकद्वारा कक्षा आठको प्रश्नपत्र आउट

कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो ।

कक्षा आठको परीक्षा दिँदै जनप्रतिनिधि सिंह

बाँकेको जानकी गाउँपालिकाका कार्यपालिका सदस्य राजेन्द्र सिंह ३७ वर्ष पुग्नुभयो । ३७ वर्षीय सिंहले चैत १ गतेबाट सुरु भएको पालिका स्तरीय आधारभूत तह कक्षा उत्तीर्ण परीक्षा (कक्षा ८)मा सहभागी भई परीक्षा दिन सुरु गर्नुभएको छ ।

भीरकोटका २ विद्यालयमा कक्षा ८ को नतिजा शून्य

स्याङ्जा । स्याङ्जाको  बालमैत्री नगरपालिका भीरकोटका सामुदायिक विद्यालयहरुको आधारभूत तह कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ । २ वटा विद्यालयको नतिजा कमजोर आएको नगरको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अनुसार २ वटा विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । पालिकाको सिरूखर्क मा. वि. र सिर्कोट […]

भक्तपुरमा कक्षा ८ को आधारभूत तह उत्तीर्ण परीक्षा सुरु

भक्तपुरमा आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८) २०७८ बुधबारबाट सुरू भएको छ । २०७४ सालदेखि स्थानीय निकायबाट सञ्चालन भएको आधारभूत तह (कक्षा ८) उत्तीर्ण परीक्षा यसवर्ष पाँचौं पटकको रहेको जनाइएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ती स्कूलहरुमा परीक्षा सुरु भएको हो । परीक्षामा जम्मा परीक्षार्थी संख्या दुई हजार पाँंच सय ८१ रहेको जनाइएको छ । सामुदायिक विद्यालयबाट सहभागी संख्या सात सय ८६ र संस्थागत विद्यालयबाट सहभागी संख्या एक हजार सात सय ९५ रहेको जनाइएको छ ।  संस्थागत विद्यालय संख्या