भीरकोटका २ विद्यालयमा कक्षा ८ को नतिजा शून्य

स्याङ्जा । स्याङ्जाको  बालमैत्री नगरपालिका भीरकोटका सामुदायिक विद्यालयहरुको आधारभूत तह कक्षा ८ को नतिजा हालसम्मकै कमजोर देखिएको छ । २ वटा विद्यालयको नतिजा कमजोर आएको नगरको शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ । शाखाका अनुसार २ वटा विद्यालयमा कक्षा ८ मा कुनै पनि विद्यार्थी उत्तीर्ण भएका छैनन् । पालिकाको सिरूखर्क मा. वि. र सिर्कोट […]

सम्बन्धित सामग्री

कक्षा ८ को नतिजा निराशाजनक

कक्षा ८ मा विद्यार्थी उत्तीर्ण दर कमजोर आउने देखिएपछि बाँकेको कोहलपुर नगरपालिकामा परीक्षार्थीको वास्तविकभन्दा धेरै प्राप्ताङ्क कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गराइयो । उत्तीर्ण दर उच्च देखाउन नगरपालिकाको शिक्षा शाखा प्रमुखकै संलग्नतामा अनियमितता गरेको शङ्का लागेपछि नगरपालिकाले छानबिन समिति नै गठन गरेर अध्ययन गर्दा यो घटना पुष्टि भयो । प्रतिवेदन अनुसार नगरपालिकाभित्रका विद्यालयका परीक्षकले आफ्ना विद्यार्थीको उत्तरपुस्तिका आफैँ परीक्षण गरेको, विद्यार्थीको प्राप्ताङ्कभन्दा बढी अङ्क कम्प्युटरमा प्रविष्ट गरेको, शाखा अधिकृतको कार्यकक्षमा बसेर शिक्षण सिकाइ सहजकर्ताले नयाँ कपी थप गरी प्रश्न हल गरेको, कतिपयको बाहिरी र भित्री पाना साटिएकोलगायतका बदमासी फेला परेको थियो ।

विद्यालयको नतिजा निराशाजनक

म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिकामा सामुदायिक तथा संस्थागत विद्यालयको नतिजा निराशाजनक देखिएको छ । गाउँपालिका आफैँले कक्षा ८ को परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका जाँच गरेर नतिजा प्रकाशित गरेको छ । गाउँपालिकाभित्र आधारभूत र माध्यमिक गरी १२ सामुदायिक र दुई संस्थागत गरी १४ विद्यालयका कक्षा ८ मा अध्ययनरत २३० जना विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये ७४ जना मात्र उत्तीर्ण भएका छन् । तीमध्ये दुई वटा विद्यालयको नतिजा शून्य छ । गाउँपालिकाले हालै मात्र आधारभूत शिक्षा परीक्षा २०८० सालको नतिजा सार्वजनिक गरेको थियो ।

कक्षा ८ को नतिजा : सामुदायिक विद्यालयको बिजोग

१८ वैशाख, काठमाडौं । पाटन नगरपालिका, बैतडीको आधारभूत तह (कक्षा ८) परीक्षामा ७ वटा विद्यालयको नतिजा शून्य आयो । ३५ विद्यालयका ६४६ जना विद्यार्थीले परीक्षा दिएका थिए, तर १३७ जना विद्यार्थी मात्र ९ कक्षामा पढ्न …

कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण

धनगढी । कक्षा ८ को परीक्षमा धनगढीका १७ विद्यालयबाट सबै विद्यार्थी फेल अर्थात् ननग्रेड अंक ल्याएका छन् । आइतबार तयार भएको परीक्षा नतिजामा धनगढीका विभिन्न १७ सामुदायिक विद्यालयबाट कुनै पनि विद्यार्थीले कक्षा ९ मा भर्ना हुने योग्यता हासिल नगरेको परीक्षा नतिजाले देखाएको छ । उपमहानगरको शिक्षा युवा तथा खेलकुद महाशाखाले नतिजा तयार गरेर प्रकाशित गर्न […] The post कक्षा ८ को परीक्षामा धनगढीका १७ सामुदायिक विद्यालयका सबै विद्यार्थी अनुत्तीर्ण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कपिलवस्तुमा त्रिभुवन आदर्श माविले कक्षा ८ को परीक्षा नतिजा अझै सार्वजनिक गरेन

१० असार, काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए । बालविकासदेखि कक्षा १२ […]

स्याङ्जाको फेदीखोलामा परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन

स्याङ्‌जा : यहाँको फेदीखोला गाउँपालिकाले विद्यालय तहको परीक्षा नतिजा अनलाइनबाटै प्रकाशन गरेको छ।फेदीखोला गाउँपालिकाको शिक्षा शाखाले कक्षा ८ को नतिजा अनलाइनबाटै प्रकाशन गरेको हो।शैक्षिक क्षेत्रलाई प्रविधिमैत्री बनाउन सफ्टवेयरको प्रयोग गर्दै परीक्षाफल अनलाइनमार्फत गरिएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले बताए।गाउँपालिकाले गत वर्ष पनि कोरोनाको जोखिम भएको बेला अनलाइन मार्फत नै नतिजा प्रकाशन गरेको थियो। घरमै बसेर नतिजा र लब्धाङ्‌क पत्र हेर्न पाउने भएपछि विद्यार्थीलाई सहज भएको अध

आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ८ का विद्यार्थीको नतिजा

काठमाडौँ महानगरपालिकाले विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा कक्षा ८ का विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्ने निर्णय गरेको छ । महानगरले यसका लागि आन्तरिक कार्यविधि तय गर्दै आगामी जेठ २५ गतेसम्म नतिजा प्रकाशन गर्न मातहतका विद्यालयलाई निर्देश गरेको छ । यसका लागि शैक्षिक सत्र २०७७ सालको पहिलो र दोस्रो त्रैमासिक परीक्षाबाट ४० प्रतिशत, निरन्तर विद्यार्थी मूल्याङ्कनबाट ४० र विद्यालयको मूल्याङ्कनबाट २० प्रतिशत गरी नतिजा प्रकाशन गर्न निर्देश गरिएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

काठमाडौंमा कक्षा ८ को परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं महानगरपालिकाले बिहिबार कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेको छ। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कक्षा ८ को अन्तिम परीक्षाको नतिजा ग्रेडिङमा सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गदै उनले काठमाडौं महानगरभित्रको शिक्षाको स्तरलाई उन्नत बनाउन सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। मेयर शाक्यले वडा तहसम्म समिति बनाएर शैक्षिक क्षेत्रको विकासमा लाग्ने नीतिगत…