आत्महत्या रोक्न प्रहरीको सचेतना अभियान

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार कालिकोटको मान्ममा प्रहरीले आत्महत्या रोकथाम तथा नियन्त्रणको लागि सचेतना कार्यक्रम सुरु गरेको छ।...

सम्बन्धित सामग्री

आत्महत्याको विकृति बढ्दै

डडेल्धुरामा आत्महत्याका घटना बढ्न थालेपछि नेपाल प्रहरीले त्यसको न्यूनीकरण गर्न सक्रियता बढाएको छ। जिल्ला प्रहरी कार्यालयले जिल्लाभर नै विभिन्न कार्यक्रमको आयोजना गरेर आत्महत्याका घटना रोक्न सचेतनामा जोड दिइरहेको हो। डडेल्धुरामा बर्सेनि आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको प्रहरीको तथ्याङ्कले देखाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ३० जनाले आत्महत्या गरेका थिए। जसमा १५ जना महिला र १५ जना नै पुरुष थिए। सो वर्ष सबैभन्दा बढी अमरगढी नगरपालिकामा आठ जनाले आत्महत्या गरेको डडेल्धुराका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक २०७७/७८ मा ४२ जनाले आत्महत्या गरेका छन्। जसमा २३ जना महिला र १९ जना पुरुष छन्। आव २०७७/७८ मा सबैभन्दा बढी आलिताल गाउँपालिका १३ जनाले आफैँले देहत्याग गरेको तथ्याङ्क रहेको छ। आर्थिक वर्ष २०७८/७९ मा २७ जनाले आत्महत्या गरेका छन्। जसमा १८ जना महिला र नौ जना पुरुष रहेका छन्। गत आव २०७८/७९ मा पनि आलितालमै सबैभन्दा बढी १३ जनाले आत्महत्या गरेको प्रहरी निरीक्षक जोशीले बताउनुभयो। चालू आवको साउन र भदौ महिनामा छ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो। उहाँका अनुसार आत्महत्या गर्नेमा चार महिला र दुई पुरुष छन्। दुई महिनाको अन्तरालमा छ जनाले आत्महत्या गर्नु गम्भीर विषय भएको बताउँदै उहाँले भन्नुभयो, “आत्महत्याको घटना रोक्न नागरिक समाज र स्थानीय तहको विशेष सहयोग आवश्यक छ। ’’ आत्महत्या समाजमा डरलाग्दो रूपमा विकसित हुँदै गएको बताउँदै प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले समाजको विकृतिका रूपमा सिर्जित अपराध रोक्न स्थानीय तह र नेपाल प्रहरीले सक्रियता बढाउनुपर्ने बताउनुभयो।

आत्महत्या रोक्न के गर्न सकिन्छ ?

पछिल्लो समय एक उदीयमान कीर्तिमानी महिला खेलाडीले प्रतियोगिताको तयारीकै क्रममा आत्महत्या गरेको खबरले मिडियामा निकै चर्चा पायो । आसन्न एसियाली खेलकुद प्रतियोगितामै पदक जित्ने आशा राखिएकी राष्ट्रिय खेलाडीको यो असामयिक मृत्युवरणले देशले एउटा अमूल्य क्षति व्यहोरेको छ भने यो समाचारले सबैलाई स्तब्ध तुल्याएको छ। यो एउटा प्रतिनिधि घटना मात्र हो । नेपाल प्रहरीको तथ्यांक अनुसार […]

‘विद्यालय तहमा मनोविज्ञान शिक्षा आवश्यक’

पछिल्लो समय प्रहरीको तथ्यांकलाई हेर्ने हो भने आत्महत्याको घटना भयावह छ। दैनिक सरदर १७ जनाले आत्महत्या गरेको तथ्यांकले देखाउँछ। आत्महत्यामा गर्नेमा बालबालिकाहरूको संख्या पनि उल्लेख्य छ।तथ्यांकअनुसार  आर्थिक वर्ष २०७८/७९ पुससम्म देशभर १ हजार ७६१ जना पुरुषले आत्महत्या गरेका छन्। त्यस्तै, १ हजार १०४ जना महिलाले आत्महत्या गरेका छन्। त्यसैगरी १३१ जना बालक र १९६ जना बालिकाले आत्महत्या गरेको देखिन्छ।बालबालिकाले किन आत्महत्या गर्छन्? यसलाई रोक्न के सरकार र अभिभावकको कस्तो भूमिका रहन्छ? यही विषयमा था