नेपालमा पुस २० गते कोरोनाभाइरसको तेस्रो लहर तीव्र रूपमा फैलिरहेपनि स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले केही राहत दिएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमित बढ्दै गएपछि अस्पताल भर्ना हुने, आईसीयू र भेन्टिलेटर प्रयोग गर्ने बिरामीको सङ्ख्या ५ गुणासम्म घटेको छ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले कोरोनाको तेस्रो लहर ओमिक्रोनबाट सङ्क्रमण ह्वात्तै बढे पनि गम्भीर अवस्थाका बिरामी भने कम रहेको बताए । यद्यपि उनले कोरोनालाई हेलचेक्रयाइँ नगरी स्वास्थ्य मापदण्ड पालनामा