जिल्ला प्रहरी कार्यालय हुम्लाले कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण दर बढेपछि सदरमुकाम सिमकोटमा कोरोना महामारीविरुद्ध जोगिन ‘तपाईको मास्क खोइ’? अभियान शुरु गरेको छ । शनिबारदेखि अभियान शुरु भएसँगै बजार क्षेत्रमा मास्क नलगाएर आवतजावत गरिरहेका सर्वसाधरणलाई मास्कसमेत वितरण गरिएको छ । जिल्ला प्रहरी कार्यालय हुम्ला, जिल्ला प्रशासन कार्यालय तथा विभिन्न सङ्घ संस्थाले ‘तपाईको मास्क खै’ अभियान शुरु गरेका हुन् । केही दिन अघिबाट शुरु भएको अभियान निरन्तर रहने