मेरो माइक्रोफाइनान्स Mero Microfinance Bittiya Sanstha ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २० प्रतिशतले हुन आउने २० करोड रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशतले हुन आउने १ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशतले हुन आउने २१ करोड ५ लाख २६ हजार ३ सय १६ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रुपैयाँ रहेको छ ।