काठमाडाैँ- बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सराेकार समितिले आगामी वर्ष २०८० जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने चेतावनी दिएकाे छ। सराेकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा निवेदन लेख्दै यस्ताे चेतावनी दिएकाे हाे। नागरिककाे स्वच्छ वातावरणमा बाँच्न पाउने माैलिक हक, अधिकार हनन गरेकाे र राज्यशक्ति दुरुपयाेग गरी उपत्यकाकाे समग्र फाेहाेर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले […]