चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजरमा अभिनेत्री […]

सम्बन्धित सामग्री

फ्राइडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’

आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज अवसर पाएको हो ।‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका  निर्देशक दीपेन्द्रको यो फिल्म प्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा प