गण्डकीमा जारी नवौं राष्ट्रिय खेलकुदको म्याराथनमा खेलाडीको जोश र जाँगरमा सौन्दर्य थप्न खुलेको मौसम र मनमोहक माछापुच्छ्रे हिमाल सहयोगी बनेको छ । मंगलबार पुरुष म्याराथनको अनिश थापामगरले म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए । आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते ।