इलाम : नयाँ वर्षको अवसरमा इलाममा म्याराथन आयोजना हुने भएको छ। पर्यटन प्रवर्धनको उद्देश्य राखी वैशाख १ गते म्याराथन गर्न लागिएको हो।पुरुषतर्फ ४२.२ किलोमिटरको म्याराथन र महिलातर्फ २१.२ किलोमिटर हाफ म्याराथन हुनेछ। ‘खेलकुदको विकास स्वस्थकर जीवन, इलामको अभियान–पर्यटन प्रवर्धन’ नारासहित आयोजना हुने प्रतियोगितामा पुरुषले इलाम नपा–१०, गोदकको नारायण चोकदेखि सन्दकपुर गापाको माइपोखरी सातखाल्डेसम्म र महिलाले इलाम बजारदेखि सातखाल्डेसम्मै दौडिनुपर्नेछ।पुरुषतर्फका विजेताले २ लाख ५० हजा