कोहलपुर दुर्घटना अपडेट : मृत्यु हुने पाँचमध्ये ४ जनाको सनाखत

 बाँकेको कोहलपुर नगरपालिका–१३ स्थित बाँके राष्ट्रिय निकुञ्जमा बस र टिप्पर दुर्घटना हुँदा ज्यान गुमाएका ५ मध्ये चारजनाको पहिचान खुलेको छ । चारजना मृतकको सनाखत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी रवीन्द्र खनालले रातोपाटीलाई बताए ।मृत्यु हुनेमा टिप्परका सह–चालक उदय बाँठा र टिपर चालक २५ वर्षीय खगेन्द्र बहादुर सुनार छन् । उनीहरु दुवै कोहलपुर–१२ बस्दै आएका थिए ।सुर्खेत घर भएका ४१ वर्षीय जीवन कुमार बिक र झापाको मेची नगपारपालिका– १० घर भएका छत्रबहादुर कटुवाल छन् । दु

सम्बन्धित सामग्री

बझाङ दुर्घटना अपडेट : सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधन

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।  प्रहरी नायब उपरीक्षक तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम छ ।  दुर्घटनामा घाइते मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।   प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो । रासस