बझाङ दुर्घटना अपडेट : सुदूरपश्चिम प्रदेशका कानूनमन्त्री सिंहको निधन

कैलाली । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । आज बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा भएको जीप दुर्घटनामा परेका मन्त्री सिंहको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा अपराह्न ५ः३३ मा निधन भएको इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।  प्रहरी नायब उपरीक्षक तिवारीका अनुसार मन्त्री सिंहलाई दुर्घटनास्थलबाट थप उपचारका लागि अपराह्न ४ः१६ मा कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मन्त्री सिंहसँगै जीप चालक धर्मराज जोशी र प्रहरी सहायक हवल्दार दीपक भण्डारीलाई पनि उपचारका लागि नेपालगञ्ज ल्याइएको इलाका इन्चार्ज तिवारीले जानकारी दिए । उनका अनुसार दुवैको अवस्था मध्यम छ ।  दुर्घटनामा घाइते मन्त्री पत्नी अमृता र नातामा भाउजू पर्ने जयादेवीको भने उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ल्याउँदा बाटोमै मृत्यु भएको बझाङका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।   प्रदेश मन्त्री सिंह चढेको सुपप्र १००१ झ ४८ नम्बरको जीप डडेलधुराबाट बझाङ सदरमुकाम चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडमा सडकबाट झण्डै ५० मिटर तल कालङ्गा खोलामा खसेको थियो । रासस

सम्बन्धित सामग्री

बझाङ दुर्घटना अपडेट : मन्त्रीसहित पाँच जना गम्भीर घाइते

कैलाली- बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा पर्दा त्यसमा सवार मन्त्रीसहित पाँच जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको डडेल्धुराबाट चैनपुर आउने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५०...

बझाङ दुर्घटना अपडेट : मृतकमध्ये ४ जनाकाे पहिचान खुल्याे

कैलाली । बझाङमा जिप दुर्घटना हुँदा मृत्यु भएका ६ जनामध्ये ४ जनाको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मष्टा खेतकोटकी १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, ११ वर्षीय प्रचण्ड खड्का र २८ वर्षीया बसन्ती धामी रहेका छन्। बुधबार दिउँसो मष्टा गाउँपालिका–१ स्थित चिउरीमा डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटन...

बझाङ दुर्घटना अपडेट : मृतकको संख्या ६ पुग्यो

धनगढी : बझाङमा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ।बुधबार दिउँसो जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा सदरमुकाम चैनपुरबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको शव भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’मृतक र घाइतेह

बझाङ दुर्घटना अपडेट : जिप नम्बर खुल्यो, मृतकको पहिचान हुन बाँकी

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।  बझाङको सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिकातर्फ जाँदै गरेको सुपप्र०४००१च ११७ नम्बरको जिप मस्टा गाउँपालिका १ चिउरीमा दुर्घटना भएको हो ।  दुर्घटनामा परेर ६ जनाको घटनास्थलमै मृत्यु भएको छ भने घाइतेको तथ्यांक आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब निरीक्षक...