गृहमन्त्री बालकृष्ण खाणले निर्भयतापूर्वक विवेकसम्मतरूपले मतदान गर्न अपिल गरेका छन् । आफ्नो टोल, गाउँ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोटका लागि आफ्नो अमूल्य अभिमत प्रदान गर्न बिहीबार उनले अपिल गरेका हुन् । भोलि स्थानीय तह निर्वाचन हुँदै छ। स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको उनले अपीलमा उल्लेख गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबुत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वा