काठमाडौँ। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन्। पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो दावी गरेका हुन्।