नेपाल डेरी एसोसिएसनद्वारा प्रोलिफिक स्कुलमा दुधपान

काठमाडौं । नेपाल डेरी एसोसिएसनको आयोजना एवं दुग्ध विकास संस्थानको सहकार्यमा काठमाडौँ महानगरपालिका धुम्बाराही स्थित प्रोलिफिक माध्यमिक बिद्यालयमा रहेका करिब ५०० विद्यार्थीलाई कृषि तथा पशु विकास मन्त्रालयका माननीय मन्त्री ज्वाला कुमारी शाहको विशेष उपस्थितिमा दूध पान गराइएको छ। कार्यक्रममा बागमती प्रदेशका माननीय जयराम थापा,  पशु सेवा विभागका महानिर्देशक उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका नि. कार्यकारी निर्देशक डा. बालक चौधरी, कृषि उद्यम केन्द्र एवं उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य राज कुमार कार्की, कृषि उद्यम केन्द्रका सदस्य मनोज चापागाईं, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रशासन प्रमुख बिदुर राई, अनुशासन अधिकृत दिपेन्द्र अधिकारी, लेखा प्रमुख ओम खरेल, केन्द्रिय दुग्ध उत्पादक सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटा, महासचिव राम आचार्य, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष दीप प्रसाद धमला, मनोज कुमार घिमिरे, एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष ध्रुव तिवारी, गोपाल तिमल्सिना, सचिव श्याम घिमिरे, एसोसिएसन काठमाडौँका अध्यक्ष अजित बजगाई, सदस्य चेतनाथ दाहाल एवं विद्यालयका प्र.अ.गोपाल महत लगायत विद्यालयका शिक्षक शिक्षिका एवं विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा स्कुलका बालबालिकालाई दूध पान गराइइनुको साथै विद्यालय वरपरका जेष्ठ नागरिकहरूलाई नगद सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।  स्वागत मन्तव्य एवं  कार्यक्रमबारे बताउँदै नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्लाद दाहालले दूध पूर्ण पौष्टिक आहार हो र दुध बालकदेखि वृद्धसम्म अनिवार्य आवश्यक खाद्य वस्तु हो। दुध जुनसुकै अवस्थामा पनि सेवन गर्न मिल्ने र बिहान बेलुका, दिउँसो अनिवार्य सेवन गरिनुपर्ने कुरा बताउँदै विद्यालयले पनि समय समयमा बालबालिकालाई पौष्टिक आहारको बारेमा बताउँदा दुधको महत्व बुझाउँदै अनिवार्य दूध तथा दुग्ध पदार्थ सेवन गर्न प्रेरित गर्नुहुने कुरामा अध्यक्ष दाहालको विश्वास रहेको बताए । माननीय जयराम थापाले दूध सेवन गर्न अनिवार्य गर्नुपर्ने तर उद्योगीले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताए । पशु सेवा विभागका दाहालले दूध खाएपछि अरु खानेकुरा नखाँदा पनि बाँच्न सकिने दुध पूर्ण खाद्य पदार्थ भएको बताए भने डाक्टर बालक चौधरी राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकले विश्व खाद्य संगठनका अनुसार प्रति वर्ष प्रति व्यक्ति ९२ लिटर दूध अनिवार्य सेवन गर्नुपर्ने भएको नेपालमा हाल ८७ लिटर मात्र भएको बताए भने दुग्ध विकास संस्थानका संजीव झाले दूध सेवन गर्दा लेबलिङ र प्याकेजिङ भएको मात्र सेवन गर्नुपर्ने बताए । केन्द्रीय दुग्ध सहकारी संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले गोठदेखि ओठसम्मकै अवस्था गुणस्तरयुक्त हुने कुरा प्रमुख हो र त्यसमा किसानको पाटोमा हामी सजग रहेको बताए । कृषि उद्यम केन्द्रका उपसभापति राजकुमार कार्कीले सरकारले निजि र सरकारीलाई एउटै आँखाले हेर्नु पर्ने बताउँदै नेपाल डेरी एसोसिएसनले गरेका हरेक गतिविधि अत्यन्तै सकारात्मक भएको र अहिलेको यो दुध तथा दुग्ध पदार्थ स्टक रहेको बेला यस्तो उपभोग बढाउन स्कुलमा दुध पान कार्यक्रम अत्यन्तै सान्दर्भिक भएको बताए । प्रमुख अतिथि माननीय मन्त्री ज्वालाकुमारी शाहले आफूले मन्त्रालय सम्हालेकै दिनबाट विशेषगरी दूध र दुग्ध किसानका समस्यालाई प्रमुख रुपमा हेरेको छु। दुध भनेको अति आवश्यक संवेदनशील खाद्य पदार्थ भएको र गाउँमा दूधको माध्यमबाटै आर्थिक रुपमा अलिअलि चलखेल गर्न पाउने भएकोले पनि यो अत्यन्तै महत्वपूर्ण सेक्टर हो । विद्यार्थीले प्रत्येक दिन तीनपटक बिहान बेलुका र दिउँसो दूध खान अनुरोध गरिन् । यसो गर्दा विद्यार्थीको शरीर स्वास्थ्य हुने कुरा बताइन् ।  कार्यक्रममा विद्यार्थीले दूध सम्बन्धी कविता सुनाएका थिए भने विद्यालयका प्र.अ. गोपाल महतले उपस्थित सबैलाई धन्यवाद दिँदै विद्यालयमा फरक खालको कार्यक्रम भएकोले विद्यार्थीहरु अत्यन्तै उत्साहित भएको बताए । कार्यक्रमको अन्त्यमा नवप्रभात डेरीबाट उत्पादित दुध तथा दुग्ध पदार्थ उपस्थित सबै अतिथिहरुलाई मायाको चिनो स्वरुप प्रदान गरिएको थियो

सम्बन्धित सामग्री

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ।...

डेरी उद्योगले आफूखुसी बढाएको मूल्यमा चौतर्फी विरोध

डेरी उद्योग संघले दूधको मूल्य मनोमानी रूपमा बढाएपछि चौतर्फी विरोध सुरु भएको छ । डेरी उद्योग संघको सक्रियतामा बढेको दूधको मूल्यमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता अधिकारकर्मीदेखि किसानसम्बद्ध केन्द्रीय दुग्ध सहकारी संघसम्मले आपत्ति जनाएका छन् ।

नेपाल डेरी एसोसिएसन मकवानपुरको नयाँ समिति चयन

नेपाल डेरी एसोसिएसन मकवानपुर जिल्ला समितीको भेला सम्पन्न भएको छ । एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा रहेका थिए ।भेलाले राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यासमति चएन गरेको छ । जसको उपाध्यक्षमा प्रबिण हुमागाई, सचीवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह र सृजन कोइराला चयन भएका छन् ।सापकोटाले नेपाल डेरी एसोसिएसन देशबताए ।  भेलामा नेपाल डेरी

दुध बोकेको ट्यांकर तोडफोड, डेरी एसोसिएसनले गर्यो विरोध

बन्दकर्ताले आज बिहान सुकेधारामा दुध बोकेको ट्यांकर तोडफोड गरेपछि डेरी एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनले विज्ञप्ति निकाल्दै दुध ढुवानी गर्ने गाडी तोडफोड भएकोमा विरोध जनाएको हो ।‘दुग्ध क्षेत्र अति आवश्यक बस्तुको सूचिमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भैरहेको थियो,’ एसोसिएशनका महासचिव प्रह्लाद दाहालले भने, ‘यसपटक गाडी तोडफोड एवम्‌ ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुखित भएको छ ।&r

निजी डेरीहरूले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने

काठमाडौँ । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । आज (शुक्रबार) नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो । सरकारी स्वामित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्विकार्न […]

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार आयोजित साधारणसभाले १० सदस्यीय सुदूरपश्चिम प्रदेश समिति चयन गरेको हो ।प्रदेश समितिको अध्यक्षमा रविन कान्त पन्त चयन भएका छन् भने सचिवमा  डम्मरा दियाकोटी चयन भएकी छन् । सदस्यहरूमा क्रमशः राम कुँवर, डम्बर  चन्द, अनिता  केसी, भागरथी कार्की, प्रताप, सिंह बिक, भरत शाह, ललित  हमाल र धनजित घुरधामी चयन भएका छन् ।कार्यक्रम नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशक

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्र

हिमालयन डेरीलाई एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो प्रदान

काभ्रे : पनौती नगरपालिका–२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर प्रालिलाई दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो प्रदान गरिएको छ। यस्ता लोगो भएका गाडीले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन्।पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसिएसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाले एक कार्यक्रमबीच नगरप्रमुख भिम न्यौपानेले हिमालयन डेरीका सञ्चालक रवीन्द्र हुँमागाईलाई लु १ क ३२३९ नम्बरको ट्यांकरमा प्रयोग गर्ने गरी लोगो हस्तान्तरण गरेका हुन्। उक्त लागो पाउने