कृषिवन खेती विस्तारका लागि ५ अर्ब लगानी आवश्यक पर्ने भएपछि सरकार दाताको खोजीमा छ । वनको आधुनिक विकास गर्दै यस क्षेत्रबाटै आर्थिक समृद्धि हासिल गर्न ‘कृषिवन खेती विस्तार’को योजना ल्याइए पनि आवश्यक बजेटका अभावका कारण सरकारले दाताको खोजी गरिरहेको छ ।
काठमाडौँ। नेपालको सौन्दर्य व्यवसायलाई स्थापित गर्न वरिष्ठ सौंन्दर्यबिद सुषमा महराको ठुलो योगदान रहेको छ । त्यसैले सुषमालाई बीग ब्युटी बिजनेस वुमन भनेर पनि भन्ने गरिन्छ। विगत २६ वर्षदेखि सौन्दर्य व्यवसायमा रमाई रहेकी सुषमा भन्छिन् हामी श्रमिक पनि हौँ र श्रम दाता पनि हो । उनले सञ्चालन गरेको फेसियल हाउस अहिले देशै भर फैलिएको छ । […]
एउटा कुकुरले आफ्नो मालिकका लागि दुई करोड जनामध्ये एक जना मिर्गौला दाता खोजेर मालिकको ज्यान बचाउने काम गरेको छ । विचित्रै लाग्ने यो घटना बेलायतको वेल्समा भएको हो । स्थानीय लूसी हेम्फ्रे नामकी एक महिलाले आफूलाई प्रत्यारोपण गर्नका लागि मिर्गौला दाताको खोजी गरिरहेकी थिइन् । मिर्गौला खराब भएकी लूसीले लामो समयदेखि दाताको खोजी गरिरहेको भए […]
लामो समयदेखि गति लिन नसकेको चक्रपथ दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज) विस्तारमा नेपाल सरकार र दाता राष्ट्र चीन दुवैले सक्रियता देखाएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत छन् सङले बिहीबार स्थलगत अवलोकन गरी चक्रपथ विस्तारमा देखिएका वाधा–अवरोधका बारेमा जानकारी लिएर हटाउन पहल गरे । तीन वर्षअघि सुरु भएको कामले गति […]
लहान –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयका दाता दम्पतिद्वय लक्ष्मण मेहता र ललिता देवी मेहता सम्मनित हुनुभएको छ । २०५३ मा प्राथमिक विद्यालयबाट माध्यमिक विद्यालयमा स्तरोन्नति गर्न दाता बनेका दम्पतिलाई राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै लहान नगरप्रमुख मुनि साहले दाता दम्पतिलाई दोसल्ला ओढाएर सम्मनित गर्नुभयो ।
कात्तिक ९, टोकियो (जापान) । जापान विश्वको तेस्रो ठूलो खोप दाता बन्ने क्रममा रहेको छ । कोरोना भाइरस विरुद्धको खोपको ३ करोड मात्रा दान दिएर जापान तेस्रो ठूलो खोपदाता बन्ने क्रममा रहेको यहाँका मन्त्रीले बताएका हुन् ।
सरकारले बुधवार ताइवानतर्फ थप ३ लाख मात्रा खोप पठाउँदैछ । योसँगै जापानले विश्वभरका २० देश तथा क्षेत्रहरुलाई उपलब्ध गराएको कोभिड विरुद्धको खोपकोे कुल मात्रा ३ करोड पुग्नेछ ।
जापानले कोभिड विरुद्धको लडाईलाई टेवा दिन घरेलु स्तरमै उत्पादन गरिएको बेलायती फर्मा कम्पनी अस्त्रजेनेकाको खोप दान दिइरहेको छ । बुधवार ताइवानतर्फ पठाइने ती मात्रा खोप पछि ताइवानलाई दिइएको खोपको कुल मात्रा ४२ लाख पुग्नेछ ।
भियतनाम र इन्डोनेशिया हरेकलाई ४० लाख मात्रा खोप दिइएको छ । जापानका पूर्व प्रधानमन्त्री योशिहिदे सुगाले जुनमा ३ करोड मात्रा खोप दान दिने वाचा गरेका थिए । खोप कूटनीतिमा अमेरिका र चीन अगाडि छन् । एजेन्सी
काठमाडौं । एक्युट लिभर फेलियर भएका ३ वर्षे बालक दर्शित जंग रावलको कलेजो प्रत्यारोपणका लागि दाताको खोजी गरेका छन् । टिचिङ बाल अस्पतालमा मेडिकल सपोर्टमा रहेका रावलका पिता दिनेश रावलले १५ दिनभित्र प्रत्यारोपण गुर्नपर्ने भएकाले दाताको खोजीमा रहेको बताएका छन् । उनको कलेजो प्रत्यारोपणका लागि यसअघि नै पारिवारीक दाता तयार भएपनि दाताको कलेजो उपयुक्त नभएको, उनको उपचार गरिरहेको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जानकारी दिएको छ ।उनको लागि ‘ओ पोजिटिभ’ रगत समूह भएका दाताको खोजी भइर
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा रोजगार दाता परिषद् गठन भएको छ ।
श्रेष्ठ सभापति रहेको सो परिषद्मा ८ सदस्य रहेका छन् ।
जसको सभापतिमा श्रेष्ठ, सल्लाहकारमा रण बहादुर श्रेष्ठ, सल्लाहकारमा वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, सह सभापतिमा विनायक शाह तथा मोहन कटुवाल रहेका छन् ।
यस्तै सदस्यहरूमा बीरेन्द्र नाथ भट्टराई, सैबल घोष, नितिन जलन र रोजन कर्मचार्य रहेका छन् ।
परिषद्ले रोजगारदाता, उद्योग र व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने जनाएको छ ।
परिषद्का पदाधिकारीहरूलाई चेम्...
विराटनगर : केन्द्र र प्रदेश सरकारले सहयोग नगरेको भन्दै विराटनगर महानगरपालिकाले कोरोनाविरुद्धको खोवका लागि अन्तर्राष्ट्रिय दाता गुहारेको छ। अहिलेको अवस्थामा खोप एक मात्र विकल्प भएको र खोप अभावका कारण कोरोना नियन्त्रण गर्न नसकिएको भन्दै महानगरपालिकाले गैरसरकारी संस्था तथा दाताहरुसँग गुहार मागेको हो। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विज्ञप्ति जारी गर्दै यसअघि महानगरलाई सहयोग गरिरहेका दाता, भगिनी सम्बन्ध भएका शहर तथा विदेशी नियोगहरुलाई खोप उपलब्ध गराइदिन अनुरोध गरेका छन्।
११ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दाताको हैसियतमा उठाउन आ–आफ्नो ठाउँबाट प्रयास गर्न आह्वान गरेका छन् । अहिले हामी दाता कहाँ भेटिएला भनेर सहयोगको अपेक्षा गर्ने अवस्थामा छौं भन्दै प्रधानमन्त्री ओलीले यस अवस्थालाई हामीले नै फेर्नु पर्ने बताए । पुनर्निर्मित धरहराको शनिबार उदघाटन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हामीले बनाउने हो देश र […]