चेम्बरका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा रोजगार दाता परिषद् गठन

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठको संयोजकत्वमा रोजगार दाता परिषद् गठन भएको छ ।  श्रेष्ठ सभापति रहेको सो परिषद्मा ८ सदस्य रहेका छन् । जसको सभापतिमा श्रेष्ठ, सल्लाहकारमा रण बहादुर श्रेष्ठ, सल्लाहकारमा वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपाने, सह सभापतिमा विनायक शाह तथा मोहन कटुवाल रहेका छन् ।  यस्तै सदस्यहरूमा बीरेन्द्र नाथ भट्टराई, सैबल घोष, नितिन जलन र रोजन कर्मचार्य रहेका छन् ।  परिषद्ले रोजगारदाता, उद्योग र व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने जनाएको छ ।  परिषद्का पदाधिकारीहरूलाई चेम्...