मास्क प्रयोग नगरे सय रुपैयाँ जरिवाना !

सुर्खेत । कर्णालीको प्रवेशद्वारको रुपमा रहेको सुर्खेतको भेरीगंगा नगरपालिकाले मास्क प्रयोग नगर्नेलाई रु. १ सय रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ। नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सो निर्णय गरिएको जानकारी दिएको हो । यस्तै  बिहान ६ बजे देखि ८ बजे सम्म दैनिक उपभोग्य पसल खुल्ने भएका छन् ।  कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको अवस्थामा दैनिक उपभोग्य अत्यावश्यक सामाग्रीका पसलहरु जस्तै खाद्यान्न, तरकारी, दुध र ग्यास पसल मात्र खुल्ला हुने भएका हुन् ।  उक्त, कार्य गर्

सम्बन्धित सामग्री

मास्क नलगाउनेलाई जरिवाना

कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनहरूले अनुगमन र कारबाही थालेका छन् । अनुगमनका क्रमममा स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारबाहीसमेत गरिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले मास्क नलगाउने आठ जनालाई कारबाही गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले मास्क प्रयोग नगर्ने आठ जनालाई एक सय रुपियाँ जरिवाना गरिएको बताउनुभयो ।

मास्क नलगाई हिड्ने १९ जनालाई प्रतिव्यक्ति २ सय जरिवाना

जारी निषेधाज्ञामा मास्क नलगाई बजार हिडडुल गर्ने १९ जनालाई प्रहरीले कारबाही गरेको छ। तौलिहवा बजारमा मास्क प्रयोग नगर्ने तथा अन्य मापदण्ड पालना नगर्ने लाई नियन्त्रणमा लिई संक्रमण रोग ऐन र कोभिड –१९ सम्बन्धी अध्यादेश बमोजिम कारवाही गरिएको हो।

महेन्द्रनगरमा मास्क प्रयोग नगरी हिँड्डुल गर्नेलाइ जरिवाना

वैशाख १४, कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको निर्णयबमोजिम प्रहरीले सोमवारदेखि महेन्द्रनगरमा मास्क विना हिँड्डुल गर्नेलाई कारबाही थालेको छ । पहिलो दिन सोमवार बजार क्षेत्रमा मास्क विना हिँड्डुल गर्ने ३७ जनालाई कारबाही गरिएको छ ।  कारबाहीस्वरुप उनीहरुबाट रू. एक हजार ८५० जरिवाना असूल गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है ?”, अभियान थालनी गरेको प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना संक्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

मास्क नलगाउने साढे ३१ हजारलाई कारबाही

मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारबाही गरेको छ । आजसम्म कुल चार लाख ६४ हजार २१६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै ३१ हजार ६०६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ ।

कतारमा मास्क नलगाउनेलाई दुई लाख जरिवाना र ३ वर्ष जेल

दोहा : कतारले जुनसुकै कामले बाहिर निस्कंदा पनि मास्क नलगाए कडा कारबाही गर्ने भएको छ। कतारको मन्त्रिपरिषद बैठकले आउँदो आइतबारदेखि लागू हुने गरी गाडीमा चालक एक्लै यात्रा गर्दा बाहेक घरबाहिर जुनसुकै कामले निस्कँदा पनि मास्क अनिवार्य रुपमा लगाउनुपर्ने निर्णय गरेको हो। मास्क प्रयोग नगरेमा कानुनअनुसार तीन वर्ष जेल सजाय ...