एमालेले भन्यो : माओवादी र कांग्रेससँग पनि तालमेल हुनसक्छ

काठमाडौं : नेकपा (एमाले) ले प्रदेश सरकार परिवर्तन हुनसक्ने ठाउँका सांसदलाई उपमहानगर र महानगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा अगाडि नबढाउने निर्णय गरेको छ। लोसपा र जसपा, राप्रपा नेपाल, परिवार दलसँग सहकार्य भइरहेको बताउँदै स्थानीय आवश्यकताअनुसार माओवादी केन्द्र र कांग्रेससँग पनि तालमेल हुनसक्ने पनि उनले बताए।महानगर र उपमहानगर पालिकाको प्रमुख र उपप्रमुखको टुंगो लगाउन बसेको सचिवालय बैठकले सरकार परिवर्तन हुनसक्ने ठाउँका प्रदेश सांसदलाई महानगरमा नपठाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्ब

सम्बन्धित सामग्री

स्ववियु चुनावमा गुल्मीमा एमाले र माओवादी विद्यार्थीको तालमेल

२४ फागुन, गुल्मी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका गुल्मीमा तीन विद्यार्थी संगठनबीच तालमेल हुने भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (विप्लव) समूहका विद्यार्थी संगठनबीच स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको हो । आउदो चैत ५ गते गुल्मीका ११ मध्ये १० वटा क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । निर्वाचनको लागि एउटा […]

स्थानीय चुनावमा माओवादी–काँग्रेस, कार्यपालिकामा माओवादी–एमालेबीच तालमेल

गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी–काँग्रेसबीच तालमेल भएको पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा कार्यपालिकाको चुनावमा भने माओवादी–एमालेबीच तालमेल भएको छ ।बुधबार भएको कार्यपालिका सदस्य निर्वाचनमा दुई खुल्ला सदस्य पदमा नेकपा एमालेबाट शंकर बहादुर कामी र माओवादी केन्द्रबाट उज्जिरे ढोली निर्वाचित भएका छन् । एमालेबाट निर्वाचित भएका कामीले ३३ मत ल्याउँदा माओवादी केन्द्रका उज्जीरे ढोलीले ३२ मत प्राप्त गरे । काँग्रेसका दीपक बिकले २० र अम्मरे कामीले १९ मत प्राप्त गरे ।

हलेसीमा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

२३ वैशाख, खोटाङ । स्थानीय चुनावमा नेकपा एमालेविरुद्ध सत्ता गठबन्धन भएपनि हलेसी–तुवाचुङ नगरपालिकामा वाम तालमेल भएको छ । नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले पदाधिकारी सहित वडा तहसम्मै तालमेल गरेको एमाले नगर इन्चार्ज रमेश तिवारीले बताए । एमालेले मेयर र माओवादी केन्द्रले उपमेयर लिएर तालमेल गरेको छ । अलग–अलग मनोनयन दर्ता गरेपनि पछि […]

रुकुम–रोल्पामा किन भएन कांग्रेस–माओवादी तालमेल ?

२१ वैशाख, रोल्पा । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा रोल्पा–रुकुममा नेकपा माओवादी केन्द्र एक्लै प्रतिस्पर्धामा छ । सत्तारुढ गठबन्धनमा रहेको प्रमुख दल नेपाली कांग्रेस–माओवादीबीच तालमेल भएन । बरु कांग्रेसले माओवादीविरुद्ध नेकपा एमालेसँग गठबन्धन गरेको छ । छिमेकी जिल्ला दाङ र प्यूठानमा कांग्रेस–माओवादीबीच तालमेल भए पनि रोल्पा र रुकुममा भने दुई पार्टीका नेताहरुको मन मिल्न […]

गुल्मीको धुर्कोटमा एमाले र माओवादी केन्द्रको तालमेल

१७ वैशाख, गुल्मी । धुर्कोट गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । नेकपा एमालेबाट गाउँपालिका अध्यक्षका उम्मेदवार गोपाल कुँवरले उम्मेदवारी फिर्ता लिएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार भुपाल पोखरेललाई समर्थन गर्ने एमालेको धुर्कोट गाउँपालिका सचिव सूर्य घिमिरेले बताए । घिमिरेका अनुसार माओवादी केन्द्रले उपाध्यक्षमा एमाले उम्मेदवार सीता गिरीलाई समर्थन गर्नेछ […]

लालबन्दीमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् । माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् । दुवै पार्टीले मेयर र […]

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

आसन्न निर्वाचनमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । केन्द्रीय स्तरमा बनेको सत्तारुढ गठबन्धनको विपक्षमा गएर सुनकोशी गाउँपालिकामा माओवादी केन्द्रले एमालेसँग तालमेल गर्ने निर्णय गरेको हो ।आगामी वैशाख ३० गते हुने निर्वाचनमा सुनकोशीको अध्यक्ष एमाले र उपाध्यक्ष माओवादी केन्द्रले लिने गरी तालमेल गर्ने सहमति भएको हो । उम्मेदवार फिर्ताको आज अन्तिम दिन दुवै पार्टीका उम्मेदवारले मनोनयन फिर्ता लिएर तालमेल गर्ने सहमति भएको हो । उम्मेदवारी फिर्ता

सिन्धुपाल्चोकको सुनकोशीमा एमाले र माओवादी केन्द्रबीच तालमेल

१६ वैशाख, काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । माओवादी केन्द्रबाट अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएकी कृष्णकुमारी कुँवरलाई उम्मेदवारी फिर्ता लिन लगाएर एमालेका उम्मेदवार टपेन्द्र तिमल्सिनालाई सघाउने सहमति भएको हो । यसैगरी उपाध्यक्ष पदमा एमालेकी उम्मेदवार मञ्जु नेपाल भण्डारीलाई उम्मेदवारी फिर्ता लिन लगाएर माओवादी केन्द्रकी […]

कञ्चनपुरमा माओवादी र समाजवादीबीच मात्रै चुनावी तालमेल

कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको छ। कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो ।जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ। पालिका प्रमुख तथा उपप्रमुखहरू आ(आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति छ भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ सोही पार्टीको चिन्हअनुसार सदस्यहरूले पनि चुनाव लड्ने उनीहरूबीच सहमति भएको छ।

सप्तरीको खडकमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी तालमेल

८ वैशाख, सप्तरी । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सप्तरीको खडक नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गर्ने भएको छ । बिहीबार यी दुई दलबीच चुनावमा तालमेल गर्ने सहमति भएको हो । सहमति अनुसार नेकपा माओवादी केन्द्रका नेता जयप्रकाश चौधरी मेयर तथा नेकपा एकीकृत समाजवादी पार्टीका नेता शत्रुद्यन […]