भारतको टाटा समूहले आज बिहीवार आधिकारिक रूपमा एअर इन्डियाको अधिग्रहण गरेको छ । केन्द्रीय नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धियाले एअर इन्डियाको अधिग्रहण प्रक्रिया पूरा भएको बताउनुभएको छ ।
अधिग्रहणको घोषणाअघि 'टाटा सन्स' का प्रमुख एन चन्द्रशेखरनले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नुभएको थियो ।
यसअघि सन् २०२१ को अक्टोबरमा एअर इन्डियाकाे लिलामीका लागि गरिएको प्रस्तावमा 'टाटा सन्स' ले सबैभन्दा धेरै रकम अघि सारेकाे थियो । योसँगै एअर इन्डियाको अधिग्रहण प्रक्रिया सुरु भएको थियो ।
रतन...