गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सञ्चार माध्यमहरुको संरक्षण गर्ने दायित्व सरकारको भएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले लोकतन्त्रको लागि लडेका सञ्चार माध्यमहरुको संरक्षण लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुकमा सरकारले नै गर्ने गरेको पनि स्पष्ट पारे ।सोमबार पोखरामा आयोजित विज्ञापन राष्ट्रिय नीतिसम्बन्धि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको संविधानमा नै प्रेस स्वतन्त्रताको ग्यारेन्टी भएकाले सरकार त्यसको बचाउमा सदैव क्रियाशील हुने दावी समेत गरे । मुख्य