काठमाण्डाै – नेपाल वायु सेवा निगमले रुकुम जाने जहाजलाई निर्णय गरेरै नेपालगञ्ज लगिएको जनाएको छ । गएको आइतवार रुकुमको सल्लेका लागि उडेको जहाजलाई पाइलटले 'ड्युटी समय सकिएको' भनेर नेपालगञ्जमा अवतरण गराएपछि निगमको आलोचना भएको थियो । तर निगमले भने व्यवस्थापनको निर्णयअनुसार नै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । गएकाे आइतवार बिहान सवा ६ बजे काठमाण्डौबाट उड्नुपर्ने जहाज मौसमका कारण उड्न नसकी रद्द गरिएकोमा मौसममा सुधार आएपछि फेरि यात्रुलाई खबर गरेर दिउँसो २ बजेर ५८...