प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा, मकैको स्टार्चबाट बन्छ झोला

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्याग्स बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ ।वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो।प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ । प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवको लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ । जबकी जैविक झोला वातावरणमैत्री छ ।व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रा लिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् ।मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए । उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए। अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले दावी गर्दै भने ।मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो ।उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए। उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए। मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ, सञ्चालक वेजूले भने, ।’हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लाष्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारों चराचुरुङ्गी, कछुवा लगायतका जनावरहरू मर्छन्। प्लाष्टिकका झोला जनावरले पचाउन सक्दैन। त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवण गर्नुपर्छ। प्लाष्टिकको झोला क्षय हुन एकहजार वर्षसम्म लाग्ने बताइन्छ । जुन सबै जीवित प्राणीहरूको लागि हानिकारक साबित हुँदै आएको छ यसको व्यवस्थापनको लागि मानव जातिले चर्का मूल्य चुकाउँदै आउनु परेको छ तैपनि समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै आएको छ। प्लास्टिक बाल्दा वायु प्रदूषण अत्यधिक बढ्छ। यो सइन वर्षों लाग्छ ।व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए। उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खाजेबिन गरेको बताउँछन्।प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ। मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिंदैन। जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ। त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो।’ उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा धारणा राखे। सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी वेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ र यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पको रुपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको वैजूको तर्क छ।जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्बर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन। यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा विरुवालाई कुनै हानी नोक्सानी गर्दैन। उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ। बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ।’ उनका अनुसार बायो व्यागम् सामान्य प्लास्टिकका झोला भन्दा डेढ गुणा महंगो छ। तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य केही पनि होइन, वेजूले भने ।

सम्बन्धित सामग्री

झोलाको रूपमा प्रयोग हुँदै आएको फेब्रिकको अब माला पनि

धनकुटा : फेब्रिकको झोला पछिल्लो समय प्लाष्टिकको झोलाको विकल्प बन्दै गएको छ। तर, फेब्रिकका झोला मात्र हैन माला बन्छ भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ।धनकुटामा भने फेब्रिकको सुन्दर माला निर्माण गर्ने गरिएको छ। माला भन्ने बित्तिकै हाम्रो दिमागमा फूल तथा कृत्रिम कपडा वा प्लाष्टिकको माला झट्ट याद आउँछ।धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ८ देउरालीका महिलाहरुले सामूहिक रुपमा फेब्रिकको माला निर्माण गर्ने गरेका छन्। स्थानीय लक्ष्मी कार्कीको नेतृत्वमा कल्पना चापागाइँ, बालिका थापा, कमला था

प्लास्टिक झोलाको विकल्पमा बायोब्यागस् बजारमा

काठमाडौं : अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस् बजारमा आउने भएको छ। मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन्। यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात् जैविक झोला हो। बायोब्यागस् प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस् बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाई वातावरणमैत्री बनाउन्छ।वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो। प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्द

यी ११ वटा प्रक्रियाबाट बन्छ गाँजाबाट कपडा!

काठमाडौँ – बझाङको सुनिकोटका गणेश ऐडीले २४ वर्षपहिले गाउँबाट धागो ल्याएर काठमाडौँमा उद्योग स्थापना गरी कपडा बुन्न थाले। संघर्षका दौरान ०६३ सालमा भने आफूले फाट्टफुट्ट काम गर्दै जाँदा जम्मा भएको ७० हजार रुपैयाँबाट उनले काठमाडौँको बूढानीलकण्ठमा ‘फरेस्ट्री हेम्प ब्याग उद्योग’ सञ्चालन गरे। गणेशको उद्योगमा गाँजा र अल्लोको जुत्तादेखि मोजा, ट्राउजर, पाइन्ट, सर्ट, कोट, झोला, स्लिपिङ […]

तयारी जुटमा भारतले लगाएको एन्टी डम्पिङ ड्युटी खारेज हुनुपर्छ

मुलुकको प्रतिष्ठित औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका नाती पुस्ताका इमानदार र सफल उद्योगी मानिन्छन् राजकुमार गोल्छा । गोल्छा अर्गनाइजेशनमा उनले सञ्चालनको जिम्मा पाएका उद्योगहरू सफल र नाफा दिइरहनेमा पर्छन् । पछिल्लो समय जुटको अभाव हुँदा पनि उनले भारत र बंगलादेशबाट  ल्याएर अरिहन्त र रघुपति जुट मिल सञ्चालन गरिरहेका छन् । उद्योग संगठन मोरङका उपाध्यक्ष समेत रहेका गोल्छासँग आर्थिक अभियानका वेदराज पौडेलले समसामयिक विषयमा गरेको कुराकानीको सार : राष्ट्र बैंकले चालू पूँजीको कर्जा सीमा २० प्रतिशत तोक्न कार्यविधि बनाएको छ । यसले औद्योगिक क्षेत्रमा कस्तो असर पर्ला ? चालू पूँजीको कर्जा सीमा २० प्रतिशत तोक्ने गरी राष्ट्र बैंकले कार्यविधि बनायो भने उद्योग कलकारखाना चल्न सक्ने अवस्था हुँदैन । बजारबाट उठ्ने रकम उठिरहेको छैन । बजारको माग पनि कम छ, जसको कारण २० प्रतिशत तोक्दा उद्योग नै बन्द हुने स्थिति आउँछ । उद्योगमा रकमको रोटेशन ४ देखि ६ महिनामा हुन्छ, त्यसमा पनि ६० प्रतिशत मात्रै छ । राष्ट्र बैंकले सामान्य अवस्थामा यो कार्यविधि ल्याउँदा लामो समयका लागि राम्रो हुन्छ । तर अहिले भने लागू गर्न हुँदैन । उद्योगीहरू पनि तयार भइसकेपछि दुई या तीन वर्षपछि यो कर्जा सीमा तोक्दा राम्रो हुन्छ ।   बजारमा तरलताको अभाव छ । यो समस्याको कसरी समाधान होला ? कोभिडको कारण औद्योगिक तथा पर्यटन क्षेत्रलाई बचाउन कर्जा प्रवाहमा सहजता गरेकाले धेरै कर्जा प्रवाह भयो । सोही कारण अहिले बजारमा तरलताको अभाव भएको हो । सरकारले विकास खर्च पनि राम्रोसँग खर्च गर्न सकेन, जसकारण बजारमा लगानी गर्न योग्य रकमको अभाव भएको हो । माघ महिनाको अन्त्यसम्ममा बजारमा तरलता अभाव नहुने सरकारले बताउँदै आएको छ । त्यो बेलासम्ममा केही सकारात्मक परिणाम आउला । उद्योगीहरू बैंकर र शेयर बजारका ठूला कारोबारी पनि भएकाले पैसा एकातिर अड्कियो र बजारमा तरलता अभाव भयो भनिन्छ नि ? उद्योग र बैंक अलग क्षेत्र हुन् । उद्योगी नै बैंकर हुनेबित्तिकै उसले उद्योगमा विनाशर्त लगानी गर्न सक्दैन । अथवा शेयर बजारमा ठूलो हिस्सा रोकेर बस्न सक्दैन । यसमा मुख्यतः राष्ट्र बैंकले कोभिड प्रभावित उद्योग र पर्यटन क्षेत्रमा बैंकहरूलाई कर्जा प्रवाहमा केही खुकुलो प्रावधान राखेकाले बढी लगानी हुँदा अहिले तरलता अभाव भएको हो भन्ने मलाई लाग्छ । ३० को दशकमा नेपालबाट कच्चा जुट नै यूरोप जान्थ्यो । तर अहिले नेपालका जुट उद्योगहरूले भारत र बंगलादेशको कच्चा जुटमा निर्भर हुनुपर्ने अवस्था कसरी आयो ? ३० को दशकमा नेपालमा जुट विकास संस्था थियो । सरकारले अनुदान दिएको थियो । किसानबाट जुट सरकारले आफै पनि किनिदिन्थ्यो । तर सरकारले जुट विकास संस्था खारेज गरी किसानलाई दिने अनुदान बन्द गरिदियो, जसकारण जुटमा परनिर्भरता बढ्यो । यहाँका किसानले जुट खेती लगाउनै छाडे । जुट अभावमा कतिपय जुट मिल पनि बन्द भए । सरकारले पुनः जुट विकासका लागि एउटा बोर्ड बनाउने र किसानलाई मल, बीउ, पोखरी खन्न र अन्य प्राविधिक पक्षमा अनुदान सहयोग गर्ने हो भने नेपाल जुटमा पुनः आत्मनिर्भर बन्छ । जुटमा जति राम्रो कमाइ अन्य खेतीमा छैन । खाद्यान्न प्याकेजिङ जुटको बोरा/झोलामै गर्न अनिवार्य भएमा जुट उद्योग सञ्चालनमा सहज हुन्थ्यो कि ? ११ ओटा जुट उद्योगमध्ये अहिले पाँचओटा मात्र सञ्चालनमा छन् । तर हामी अहिले पनि भारतीय बजारमा निर्भर छौं । तर नेपाल सरकारले खाद्यान्न प्याकेजिङमा जुटको झोला अनिवार्य गरिदियो भने नेपालका उद्योगहरू राम्रोसँग सञ्चालन हुन्छन् । नेपालमै बजार पाएपछि भारतीय बजारमा त्यहीँको उत्पादनसँग कडा प्रतिस्पर्धा गर्नु पर्ने थिएन । विभिन्न झन्झट बेहोर्नुपर्ने थिएन । जुट उद्योगहरूले क्षमता वृद्धि गर्थे, जसले रोजगारी समेत बढाउँथ्यो । शुरूमा जुटको बोरा/झोला महँगो परे पनि लामो समय प्रयोग गर्न सकिन्छ । प्लास्टिकको बोरा या झोला एकपटक प्रयोग गरेपछि फाट्छ । तर जुटका सामग्री धेरैपटक प्रयोग गर्न सकिन्छ । प्रयोग र टिकाउका हिसाबले जुटको बोरा या झोला नै सस्तो पर्छ । अनि यो वातावरणमैत्री पनि छ । भारत सरकारले नेपाली जुटको तयारी वस्तुमा ४ प्रतिशत एन्टिडम्पिङ लगाएर समस्या भएको थियो । अहिले त्यो अवस्था कस्तो छ ? भारत सरकारले प्रत्येक पाँच वर्षमा ड्युटीमाथि पुनरवलोकन गर्दै आएको छ । नेपाली जुटका उत्पादनलाई उसले एन्टी डम्पिङ ड्युटी (एडीडी) लगाएको पाँच वर्ष पूरा भएको छ । भारतीय पक्षले पुनरवलोकन गरेर ड्युटीमा संशोधन र परिमार्जन गर्नुअगाडि नै नेपाल सरकारले वार्ता गरेर महसुल नै खारेज गराउनुपर्छ । आशा छ, नेपाल सरकारले हाम्रा लागि भारत सरकारसँग एन्टी डम्पिङ ड्युटी खारेजीको पहल गर्नेछ । पाँच वर्षअघि भारत सरकारसमक्ष नेपाल जुट उद्योग संघले एडीडी हटाउन पटक पटक माग गरेपछि भारत सरकारका कर विज्ञको टोली आएर मोरङ र सुनसरीमा रहेका जुट उद्योगहरूको स्थलगत भ्रमण गरी २ देखि ४ प्रतिशतसम्म फरक फरक उत्पादनमा फरक फरक दरले एडीडी लगाउने निर्णय गरेको थियो । कोभिडका कारण थला परेको उद्योग व्यवसायको उत्थानका लागि सरकारले ल्याएको नीतिले कत्तिको सहयोग गर्‍यो ? कोभिडले उद्योगमा मात्र होइन, सबै क्षेत्रमा समस्या छ । केहीमा कम छ केहीमा बढी समस्या छ । सरकारले पछिल्लो समय उद्योग र पर्यटन क्षेत्रका लागि लिएको नीतिले यो क्षेत्रलाई बचाउने काम गरेको छ । कम्तीमा बैंकको ऋण तिर्न केही सहज भएको छ । तर पनि जसरी चलायमान हुनुपथ्र्यो, त्यो चाहिँ हुन सकेन । कोरोनाको ‘ओमिक्रोन’ भेरियन्टको कारण सबैतिर त्रास छ । कोभिडको तेस्रो लहरबाट उद्योग क्षेत्रमा बचाउन कस्तो कदम चाल्नुपर्छ होला ? ‘ओमिक्रोन’ कोरोनाका अन्य भेरियन्ट जस्तो कडा नभएको भन्ने तथ्यहरू पनि आएका छन् । त्यसैले लकडाउन नै गर्नुपर्छ भन्ने छैन । खोप, होल्डिङ सेन्टर, अस्पतालहरूमा भरपर्दो सेवाको सुनिश्चितता गरेर सतर्कता अपनाउने हो भने यसबाट पनि बच्न सकिन्छ । सरकार यसको संक्रमण फैलन नदिन र उपचारका लागि पूर्णरूपमा तयार भएर बस्नुपर्छ । ठूलो समस्या आउन नदिन पूर्वतयारी नै महत्त्वपूर्ण हुन्छ ।