करिम बेन्जेमाले दुई गोलको मद्धतमा स्पेनिस क्लब रियल म्याड्रिड युरोपेली च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार घरेलु मैदान सान्टियगो बर्नाबाउमा बायर्न म्युनिखलाई २-२ को बराबरीमा रोक्दै समग्रमा ४-३ को जितसहित रियल उपाधि नजिक पुगेको हो। खेलको तेस्रो मिनेटमै गोल खाएको घरेलु टोली रियल पछि खेलमा फर्किएको हो। टोली सम्हालिन नपाउँदै तेस्रो मिनेटमा बायर्नका जोसुआ…