काठमाण्डाै - नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा नेता कार्यकर्ताको चहलपहल बढेको छ ।
मञ्चमा नेताहरु बस्न थालिसकेका छन् भने मञ्च अघिल्तिर पनि कार्यकर्ताको घुइँचो बढेको छ । चितवनका विभिन्न ठाउँबाट जुलुस सुरु भएको छ । जुलुस उद्घाटनस्थलमा पुगेपछि सभा सुरु हुने एमालेले जनाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ।
महाधिवेशनको उद्घाटन हुने ठाउँ चितवनको नारायणी नदी किनारमा भव्य मञ्च तयार पारिएको छ । १६ फिट अग्लो मञ्चमा चार...