लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूप्रति सद्भाव देखाएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिएका छन् ।
एमाले महाधिवेशन उद्घाटन समारोहलाई चितवनमा सम्बोधन गर्दै ठाकुरले आफू ओलीप्रति अनुग्रहित रहेको बताएका हुन् ।
‘म यहाँ धन्यवाद दिन आएको छु । पार्टीप्रति, नेता र कार्यकर्ताप्रति जुन सद्भाव देखाउनुभएको छ, त्यसप्रति अनुग्रहित छु,’ ठाकुरले भने ।
ओलीले प्रधानमन्त्री हुँदा मुद्दा फिर्ता लिइदिँदा आफ्ना १ सय ३९ साथी रिहा भएको उनको भनाइ थियो ।
उनले आफूहरूका बाँकी माग सम्बोधन गर्न वर्त...