बाँदरबाट अन्नबाली जोगाउने नयाँ काइदा

जिल्लाको शुक्लागण्डकी नगरपालिकाले बाँदरले अन्नबाली खाएर सास्ती दिन थालेपछि बाँदर धपाउन नयाँ विधि अपनाएको छ । वन जङ्गलमा पर्याप्त आहारा नहुँदा कृषकले खेतबारीमा लगाएको अन्नबाली बाँदरबाट जोगाउन नसकेपछि पालिकाले नयाँ जुक्ति निकालेको हो ।           बाँदरले लगाएको खेती मात्रै नभई घरको कौशीमा राखेको अन्नबालीसमेत खाएर नोक्सान पु¥याउन थालेपछि शुक्लागण्डकी नगरपालिका–७ वडाले त्यस क्षेत्रका कृषकलाई अदुवा र बेसारको बीउ वितरण गरेको छ । दिनहुँ बाँदरको समस्याबाट देशभरका कृषक चिन्तित छन् । उक्त समस्या कम गर्दै उत्पादन बढाउन र कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यले अदुवा र बेसारको बीउ वितरण गरिएको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले बताउनुभयो ।           कृषकलाई ३३५ किलो बेसार र ५० किलो अदुवाको बीउ वितरण गरिएको छ । उहाँले भन्नुभयो, “वडाको अर्चले र न्यारथुमका विपन्न ३५ कृषकलाई भने ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिएको छ ।” खेत बारीमा लगाएको खेतीबाली बाँदरले सखाप पार्ने भएकाले वैकल्पिक खेती गर्न बीउ वितरण गरिएको उहाँले बताउनुभयो ।

सम्बन्धित सामग्री

बाँदर नियन्त्रणको उपाय खोज्दै मन्त्री गुरुङ

मकै छर्न खेतबारी खनजोत गर्ने समय सुरुसँगै पोखरा–२२ लुकुमस्वारा निवासी कृष्ण पौडेललाई यतिबेला बारीमा छरेको मकै बाँदरबाट कसरी जोगाउने भन्ने चिन्ता छ । मकै मात्र होइन बारीमा लगाएको तरकारी र फलफूलसमेत बाँदरले राख्दैन, रातदिन बाँदर धपाउँदैमा समय खर्चनुपर्छ, यहाँका किसानलाई । पोखरा–१३ आर्वाका किसान हरिकृष्ण सिग्देलेको चिन्ता पनि बाँदरबाट कसरी तरकारी तथा अन्नबाली जोगाउने भन्ने …

खेती जोगाउने चिन्ता

सिद्धाराकी ७१ वर्षीया विमला खत्रीको बारीमा उब्जनी भएको अन्नबाली जंगली जनावरले नोक्सान गरिदिँदा हैरान छिन् । अघिल्लो स्थानीय र संसदीय चुनावमा गाउँ आएका उम्मेदवारले भोट दिनूस्, बँदेल र दुम्सी लखेटिदिन्छौं भनेका रहेछन् । तर, ती आश्वास पूरा भएनन् । अहिले भोटको भन्दा उनलाई गाँसको चिन्ता छ । ‘अघिल्ला चुनावमै उम्मेदवारले भोट दिनूस्, वन्यजन्तु लखेटिदिन्छौं भनेका थिए, खै केही भएन,’ उनले भनिन्, ‘यसपालि भने वन्यजन्तुले नखाने बाली वा जोगाउने उपाय खोज्छौं, भोट दिनूस् भनेका छन् । त्यही आसले मंसिर ४ मा भोट दिन जान्छु ।’

खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकमा बाँदर तह लगाउनेबारे छलफल

काठमाडौँ- बाँदर आतंकबाट किसान आजित छन् । तर बाँदर, दुम्सी लगायतका वन्यजन्तुबाट अन्नबाली जोगाउने भरपर्दो उपाय अहिलेसम्म पत्ता लाग्न सकेको छैन । बाँदरले अन्नबाली खाइदिएपछि कतिपय किसानको उठीबास भइरहेको छ । यसैसन्दर्भमा खोटाङमा विपद् व्यवस्थापन समितिको बैठकले बाँदर, दुम्सी लगायतका वन्यजन्तुको समस्या यथोचित समाधानका लागि विपद् व्यवस्थापन प्राधिकरण समक्ष माग गर्ने निर्णय गरेको छ । […]