खेती जोगाउने चिन्ता

सिद्धाराकी ७१ वर्षीया विमला खत्रीको बारीमा उब्जनी भएको अन्नबाली जंगली जनावरले नोक्सान गरिदिँदा हैरान छिन् । अघिल्लो स्थानीय र संसदीय चुनावमा गाउँ आएका उम्मेदवारले भोट दिनूस्, बँदेल र दुम्सी लखेटिदिन्छौं भनेका रहेछन् । तर, ती आश्वास पूरा भएनन् । अहिले भोटको भन्दा उनलाई गाँसको चिन्ता छ । ‘अघिल्ला चुनावमै उम्मेदवारले भोट दिनूस्, वन्यजन्तु लखेटिदिन्छौं भनेका थिए, खै केही भएन,’ उनले भनिन्, ‘यसपालि भने वन्यजन्तुले नखाने बाली वा जोगाउने उपाय खोज्छौं, भोट दिनूस् भनेका छन् । त्यही आसले मंसिर ४ मा भोट दिन जान्छु ।’

सम्बन्धित सामग्री

अकबरे खुर्सानीले बाँदरको हैरानीबाट मुक्त

दुई/तीन वर्षअघिसम्म बाँदरको आतङ्कले गाउँ छाड्न लागेका किसान यतिबेला भने गाउँमै खुसी छन्। मकै तथा अन्य बाली बाँदरबाट जोगाउन नसकेका यहाँका किसानलाई अकबरे खुर्सानी खेतीले खुसीसँगै गाउँमै बस्ने आधार दिएको छ। बारीमा मकै, तरकारी तथा बाली लगाउँदा बाँदरबाट जोगाउने अवस्था थिएन। अहिले अकबरे खुर्सानी खेतीले श्रम र लगानी जोगिएको रिब्दीकोट–४, भैरवस्थानका किसानको भनाइ छ। स्थानीय किसान इशा गौतमले अकबरे खुर्सानी लगाएपछि बाँदरको हैरानीबाट मुक्त भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुई वर्षअघिसम्म मकै खेती गर्दा बाँदरबाट जोगाउनै मुस्किल थियो, बाँदरले गर्दा गाउँ छाड्ने हो कि भन्ने चिन्ता थियो तर मकै खेती छाडेर खुर्सानी खेती गरेपछि बाँदरको नोक्सान सहन परेको छैन।” अकबरे खुर्सानी खेतीबाट मकैको तुलनामा पाँच गुणा फाइदा भएको उहाँको भनाइ छ।

जंगली जनावरको आतंक, बाली जोगाउनै समस्या

बेदकोट- महाकालीपारि दोधारा चाँदनी नगरपालिका-१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन्। उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट धानबाली कसरी जोगाउने भनेर उनका मनमा चिन्ता पलाएको छ । उनको जमिन नेपाल/भारत सीमा नजिक पर्छ, खेती नजिकै भारतपट्टि जंगल छ । सोही जंगल भएर आउने जनावरबाट […]