तालसँगै सुके किसानका सपना

कपिलवस्तु । कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका–४ शंकरपुरका रामनिवास थारूलाई स्थानीय, प्रदेश र संघीय सरकारसँग धेरै अपेक्षा छैन । कृषिमा समर्पित उनलाई सरकारसँग केवल एउटै अपेक्षा छ त्यो हो, पानी । पानी अर्थात् सिँचाइका लागि खेतसम्म पुग्नेगरी भरपर्दो पानीको व्यवस्था । ‘अहिले गहुँमा लगाउन पानी चाहिएको छ, छिमेकीसँग भएको पम्पङ सेट चलाउँ त गहुँ बेचेर पेट्रोलको […] The post तालसँगै सुके किसानका सपना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फलेवासमा सुके घैंटा, पानीको हाहाकार

माघ २४, पर्वत । आँगनमा बनेका सिमेण्टका घैंटा रित्ता छन् । नजिकै पानीको मुहान छैन । वर्खामा पानी संकलन गर्न बनाइएका सिमेण्टका घैंटा सुकेपछि पर्वतको फलेवास नगरपालिका ३ शंकरपोखरीका स्थानीयवासी समस्यामा परेका हुन् ।  शंकरपोखरी जिल्लाकै उच्च स्थानमा पर्छ । यहाँका बासिन्दालाई पानीको समस्या भएपछि २०६४ सालमा ‘फनबोर्ड’ नामक गैह्र सरकारी संस्थाले यहाँका ४० घरमा पानीका घैंटा बनाईदिएको थियो । यि घैंटा अहिले चुहिएर पानी अडिदैन ।  स्थानीय होमप्रसाद भुसालले वर्खाको पानी संकलन गरेर हिउँदमा प्रयोग गर्ने हेतुले निर्माण गरिएका घैँटा विग्रिएपछि पानीको अभाव भएको सुनाए । खानेपानीको जोहो गर्न स्थानीयलाई फेरि समस्या भएको भुसालले बताए ।  स्थानीय तुल्सीदेबी शर्मालाई कठ्याग्रिँदो जाडोमा बिहानै पधेँरामा पुग्नुपर्ने, पालो कुरेर पानी थाप्नुपर्ने बाध्यता छ । ‘आँगनमा घैंटो भएपनि पानी अडिदैँन,’ उनले भनिन्,‘ पानीका लागि दुई घण्टा धाएर गुहेँलीको धारामा पुग्नुपर्छ ।’ स्थानीयले लुगाधुने, नुहाउने र पशुचौपायलाई खुवाउने पानी गाग्रीमा बोकेर जोहो गर्दै आएका छन् ।  पानी लिन गृहणीहरु सबेरै उठ्नु पर्छ । पानी ल्याएर घर फर्किँदा दुई घण्टा बित्छ । पिउने पानीकै अभाव भएपछि तरकारी खेती गर्न र पशुपालन गर्न सकिएको छैन । फलेवास ३ थुमका सुनिता तिवारीले पानीको अभावले खेतीपाती गर्न पनि समस्या भएको सुनाईन् । उनले घरको करेसावारीमा तरकारी फलाउन नसकेको बताईन् ।‘ खानेपानीकै अभाव टार्न सकिएको छैन,’ तिवारीले भनिन्, ‘तरकारी फलाउने त सपना मात्रै भएको छ ।’ बिग्रिएका घैंटा मर्मत गर्न कुनै निकायले सहयोग नगरेको उनले बताइन् ।  शंकरपोखरीमा पानीको अभावले बसाईसराई समेत बढेको छ । गतवर्ष फलेवास नगरपालिकामा २९८ घर बसाईसराई गरेर गएका छन् ।  शंकरपोखरीकै १२० परिवार बसाईसराई गरेर गएको नगरपालिकाले जनाएको छ । बसाइसराईको मुख्य कारण पानीको अभाव हो । फलेवास नगरपालिकाका प्रसासन शाखाका प्रमुख कृष्णप्रसाद पौडेलले विकास निर्माणका गतिविधि सञ्चालन भएपनि पानीको अभावका कारण बढेको बसाईसराई रोक्न नसकिएको उनले बताए ।  यहाँ खानेपानीको समस्या समाधान गर्न ३ वर्ष अगाडीदेखि लिफ्ट खानेपानी आयोजनाको काम शुरु गरिएको थियो । अहिलेसम्म यो आयोजनाको काम पूरा भएको छैन ।  चाँडै खानेपानीको आयोजना गाउँमा आएर घरकै आँगनमा पानी थाप्ने अपेक्षा पूरा नहुँदा स्थानीय निराश छन् । वडाध्यक्ष अर्जुनवहादुर केसीले पानीको समस्या समाधान गर्न अझै एक वर्ष पर्खिनुपर्ने बताए । उनले लिफ्ट खानेपानी आयोजनाको काम तीव्र गतिमा अगाडी बढाउन दवाव दिईएको बताए ।

हत्केला र निधारमा भाग्य खोज्नु बेकार रैछ

निधारको भरमा पर्दापर्दै आधा जोवान ढल्काएछ, हस्तरेखा हेर्दाहेर्दै पतझरझै सपना सुकाएछ। पतझरझै सपना सुके पनि आधा जोवान ढल्के पनि, आखेरीमा जे गरे नि फेरिदैन भाग्य रै’छ ।