काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्यक्रम गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति अनिवार्य लिनुपर्ने भएको छ । बिहीबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले धार्मिक, साँस्कृतिक वा सामाजिक कार्यक्रम सञ्चालन गर्नुअघि अनुमति लिनुपर्ने निर्णय गरेका हुन् ।पार्टी प्यालेसमा एक पटकमा कुल क्षमताको एक चौथाइमा नबढ्ने गरी पूर्ण खोप लगाएका मानिसमात्र सहभागी हुन दिने निर्णय गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले रातोपाटीलाई बताए । उनले भने– ‘विवाह, ब्रतबन्ध, न्वारान तथ