काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिकाले कक्षा ११ मा छात्रवृत्ति पाउन योग्य विद्यार्थीका लागि एकीकृत परीक्षा सञ्चालन गर्ने भएको छ । कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले निजी उच्चमाध्यमिक विद्यालयले छात्रवृत्ति उपलब्ध गराउँदा मनपरी गरेको गुनासो आएपछि छात्रवृत्तिलाई एकरूपता दिन एकीकृत परीक्षा शुरू गर्न लागेको जानकारी दिनुभयो । माविसम्मको शिक्षा स्थानीय निकायमा आएपछि वडा अध्यक्षको […]