नेपाली लोक्ताबाट बन्थे जापानी नोट, निर्यात नीति नहुँदा धान्नै नसक्ने व्यापार घाटा : निजी क्षेत्र

बैशाख १५, काठमाडौं । मुलुकमा हालसम्म पनि निर्यातसम्बन्धी नीति बन्न नसकेका कारण निकासी व्यापारले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको भन्दै निजी क्षेत्रले निर्यात नीतिको माग गरेको छ । निर्यातसम्बन्धी ठोस नीति नहुँदा राज्यका निकायहरुबीच समन्वय अभाव रहेको तथा निजी क्षेत्र समेत अलमलमा परेको भन्दै यस्तो नीतिको माग गरिएको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले बताए । नेपाल हातेकागज संघको १५ औं वार्षिक साधारणसभा तथा नेपाली कागज प्रदर्शनी समारोहलाई सम्बोधन गर्दै महासंघ उपाध्यक्ष श्रेष्ठले सरकारले निर्यातजन्य वस्तुलाई उचित संरक्षण र सम्बर्द्धन गर्न नसक्दा मुलुकको अर्थतन्त्र नै आयातमुखी बन्दै गएको धारणा राखे । 'अहिलेसम्म हाम्रो देशको निर्यातसम्बन्धी नीति के हो भन्ने हामी कसैलाई थाहा छैन,' उनले भने, 'निर्यातमा नगद प्रोत्साहन नीति भनेर ल्याइयो तर त्यो यति झन्झटिलो बनाइएको छ कि त्यो लिन खोज्यो भने निर्यातकर्ताको मनोबल नै कमजोर बनाउँछ ।' मुलुकको अर्थतन्त्रमा घरेलु उद्योगको योगदान २२ प्रतिशत रहे पनि निर्यातमुखी समेत रहेका यस्ता उद्योग सरकारी उपेक्षाको शिकार बन्दै गएको श्रेष्ठ बताउँछन् । साधारणसभामा संघका अध्यक्ष किरणकुमार डंगोलले नेपालको मौलिक उत्पादन हाते कागज निकासीमा ९० प्रतिशतसम्म मूल्य अभिवृद्धि भइरहे पनि राज्यले यसलाई प्राथमिकतामा राख्न नसक्नु दुखद् भएको बताए । उनले निकासी बढाउने इच्छाशक्ति नहुँदा खर्बौंको आयात र व्यापारघाटा हुँदा पनि टुलुटुलु हेरिरहनुपरेको धारणा राखे । नेपाली कागजमा गुणस्तर वृद्धिका लागि आफूहरु तयार रहेको उल्लेख गर्दै अध्यक्ष डंगोलले स्वदेशमा पनि यसको खपत बढाउनुपर्ने र निकासीमा सहजीकरण गर्न सरकारसँग आग्रह गरे । नेपाली लोक्ताबाट जापानले नोटसमेत बनाएको स्मरण गर्दै अध्यक्ष डंगोलले यसबाट रोजगारी सृजना गर्न सकिने अथाह सम्भावना रहेको बताए । कार्यक्रममा उद्योगसचिव अर्जुनप्रसाद पोख्रेलले हातेकागज प्रशोधनमा परम्पारगत प्रविधिलाई आधुनिकीकरण गर्नुपर्ने र श्रमको उत्पादकत्व बढाउनुपर्ने धारणा राखे । मन्त्रालयले उत्पादन र बजारीकरणमा सहयोग गर्ने उनको भनाइ छ । सचिव पोख्रेलले गुणस्तरीय उत्पादनमा खरो उत्रन व्यवसायीलाई आग्रह गरेका थिए । निर्यात व्यवसायी महासंघ नेपालका उपाध्यक्ष चण्डिप्रसाद अर्यालले निर्यातजन्य वस्तुले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले लागत कम गर्नेतर्फ योजना बनाउनुपर्ने धारणा राखे । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले गुणस्तरीय उत्पादनका लागि श्रमिकलाई तालिम जरुरी रहेको बताए । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रकी निर्देशक लक्ष्मी जोशीले कुल निकासीमा हातेकागजको ०.८४ प्रतिशत योगदान रहेको र वार्षिक १ अर्ब ३५ करोडको निकासी हुने गरेको तथ्यांक प्रस्तुत गर्दै यसको उत्पादनमा गुणस्तर बढाउँदै बजारीकरणमा सहकार्य गर्ने बताइन् । कार्यक्रममा हातेकागजबाट निर्मित सामग्रीहरु प्रदर्शनीमा राखिएको थियो भने पाँच उत्कृष्ट हातेकागज निर्यातकर्ता र उत्पादकलाई सम्मान गरिएको थियो ।

सम्बन्धित सामग्री

नेपालको व्यापार घाटा डरलाग्दो

काठमाडाैं । भुक्तानी सन्तुलन कायम राख्न र नेपालको व्यापार घाटा नियन्त्रणका लागि रेमिट्यान्सको योगदान महत्वपूर्ण मानिन्छ । नेपालको व्यापार घाटा डरलाग्दो रूपमा उच्च छ । वैदेशिक रोजगारीबाट आएको रेमिट्यान्सले मुलुकको भुक्तानी सन्तुलन कायम राख्न मद्दत गरिरहेको छ । व्यापार घाटा व्यवस्थापन गर्न रेमिट्यान्सको योगदान ५९ प्रतिशत रहेको देखाएको छ, जुन एक महत्वपूर्ण रकम हो । […]

व्यापार घाटा तीन खर्ब ५९ अर्ब

चालू आर्थिक वर्षको तीन महिनामा मुलुकको कूल व्यापार घाटा साढे तीन खर्बमाथि पुगेको छ। भन्सार विभागले आज सार्वजनिक गरेको गत असोज मसान्तसम्मको विवरणअनुसार व्यापार घाटा रु तीन खर्ब ५९ अर्ब १७...

हामी राजस्वमै रत्तियौं, अनि बढ्दैन त व्यापार घाटा ?

यतिबेला मुलुक व्यापार घाटा र विदेशी मुद्रा सञ्चिति चापको परेको अवस्थामा छ । कुनै पनि मुलुकका लागि यसरी बढ्दो व्यापार घाटा राम्रो होइन, भन्ने मेरो पुरानै मान्याता र बुझाइ हो । देशमा व्यापार घाटाबारे कुरा गर्नु अपराध जस्तो हुन्थ्यो । तीन वर्ष अघिको कुरा हो, म वाणिज्य सचिवको जिम्मेवारीमा हुँदाको समय सम्झन्छु । कुनै एक […]

व्यापार घाटा घटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्न व्यापार घाटा घटाउने नीति र कार्यक्रम अघि बढाउन निर्देशन दिएका छन् । उद्योग, वाणिञ्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बुधबार बसेको बैठकमा प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउने गरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् । ‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाइँहरूले […]

मासिक डेढ खर्ब व्यापार घाटा

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेको छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो। भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आव २०७८/७९ को फागुन मसान्तसम्म (आठ महिनामा) मुलुकको व्यापार घाटा ११ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।यसरी हेर्दा मासिक १ खर्ब ४५ अर्ब रूपैयाँको व्यापार घाटा देखिन्छ। पोहोरको तुलनामा यो वर्ष व्यापार घाटा ३४.५ प्रतिशतले बढी हो।

आयातसँगै व्यापार घाटा बढ्यो

काठमाण्डाै - आयात बढेसँगै व्यापार घाटा चुलिएको छ । व्यापार घाटा १० खर्ब १५ अर्ब ८१ करोड बराबर पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा ३८ दशमलव ४ प्रतिशतले बढेको छ । आर्थिक वर्षको समीक्षा अवधिमा निर्यात आयात अनुपात ११ दशमलव ५ प्रतिशत पुगेको छ । सात महिनाको कुल वस्तु आयात ४२ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबर पुगेको छ। भारतबाट ३१ प्रतिशत, चीनबाट ४२ दशमलव ३ प्रतिशत र अरु देशबाट ८३ दशमलव ८ प्रतिशतले आयात बढेको राष्ट्र बैंकको विवरणमा ...

बजेटको आकारभन्दा व्यापार घाटा बढी

स्वदेशमा उपभोग हुने वस्तुको उत्पादन वृद्धि नहुँदा व्यापार घाटा भयावह बन्दै गएको छ । व्यापार घाटा मुलुकको कूल बजेटको आकारभन्दा ठूलो हुने देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा मुलुकको कूल बजेट १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको छ । ६ महिनामा नै व्यापार घाटा करिब ९ खर्ब रुपैयाँ पुगेको छ । यसरी हेर्दा एक वर्षमा व्यापार घाटा करिब १८ खर्ब रुपैयाँ पुग्ने देखिन्छ । यो बजेटको आकारभन्दा पनि ठूलो हो ।भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म व्यापार घाटा ८ खर्ब ८० अर्ब रुपैया

व्यापार घाटा झन्डै नौ खर्ब

काठमाडौं । पछिल्लो समय मुलुकको व्यापार घाटा अस्वाभाविक रूपमा बढेको छ । चालू आर्थिक वर्ष २०७८÷७९ को ६ महिनाको अवधिमा व्यापार घाटा बढेर ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख ४७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा व्यापार घाटा ४६ दशमलव ६४ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षको […] The post व्यापार घाटा झन्डै नौ खर्ब appeared first on राजधानी राष्ट्रिय दैनिक.