ठोरी गाउँपालिका १ चौतारामा आतंक मच्चाएको बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक टोली आउने भएको छ । निर्मल ठोरी उपभोक्ता समिति अध्यक्ष बालकुमार बस्नेतका अनुसार, शनिबार बिहान निकुञ्ज कार्यालय कसराबाट ३ हात्तीसहित टोली ठोरीका लागि हिँडेको छ ।