१, चाहे शासनसत्ताको कुरा गरौँ चाहे अरू नै कुनै काम लिङ्ग तथा वर्ण हेरेर भावना बनाउनुहुँदैन । अन्यथा सामाजिक वैमनस्यको स्थिति निम्तिन सक्छ । मात्र अवसर पाउनुपर्छ तोकिएको काम सम्पन्न गर्न सबै सक्षम छन्, गर्न सक्छन् । ल्पेटो२, घृणा र तिरस्कारबाट बच्न चाहनेले कठोर बोली र वचन गरेर अरूको चित्त दुःखाउनुहुँदैन । हित र मनोहर कुरा नै किन नहोस् मीठो तरिकाले व्यक्त गर्ने बानी बसाउनुपर्छ । कन्फ्युसियस ३, जुन कुरामा ध्यान केन्द्रित गरिएको हुन्छ त्यस्तै भइन्छ । दुःखमा ध्यान दिइयो भने दुःखै पाइन्छ । सुखमा