मकवानपुर- मकवानपुरको हेटौंडामा नवजात शिशु मृत फेला परेको छ ।
कार्तिक ४ गते बेलुका हेटौंडा अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
'मृतक शिशु कसले फालेको पहिचान भएको छैन,' मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारी...