हेटौंडा । हेटौंडा अस्पतालभित्रै सालनालसहितको नवजात शिशु मृत फेला परेको छ । अस्पतालको गाइनो वार्डनजिकै महिला शौचालयमा रहेको डस्टविनमा नवजात शिशु मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए । शिशु कसले फालेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए ।