विश्वमा कोरोना पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघ्याे, ६२ लाख जनाभन्दा धेरैको ज्यान गयो

विश्वमा कोरोना भाइसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ५० करोड नाघेको छ । अहिलेसम्म ५० करोड एक लाख जनाभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ ।  सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा पहिलो पटक पुष्टि भएको कोरोना भाइरस विश्वभर फैलिएर अहिलेसम्म ५० करोड मानिसमा सङ्क्रमण भएको हो । सबैभन्दा धेरै अमेरिकामा आठ करोड २१ लाख र दोस्रोमा भारतमा चार करोड ३० लाख जनामा सङ्क्रमण पुष्टि भएको छ । विभिन्न १२ देशमा एक करोडभन्दा धेरै मानिस सङ्क्रमित भएका छन् ।  विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये ६२ लाख ६ हजार जनाभन्दा धे...