धान खरिदमा बिचौलिया सक्रिय भएपछि वीरगञ्जमा धान खरिद कार्य रोकिएको छ । खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले खरिद गर्न बन्द गरेको होध्र
कम्पनीले मापदण्ड बनाएर थप व्यवस्थित ढङ्गले धान खरिद गर्न केही दिनका लागि खरिद कार्य रोकिएको बताए पनि किसानले भने किसानको धान खरिद गर्न रोकेर भित्रभित्रै व्यापारी र बिचौलियाले ल्याएको धान कम्पनीले खरिद गरिरहेको आरोप लगाएका छन्ध्र
किसान शिवजीप्रसाद साहले बिचौलियाको आर्थिक प्रभावमा कम्पनीका कर्मचारीले किसानको धान खरिद गर्न विभिन्न बहाना बनाई अलमलाई रहेको आरोप लगाउनुभयो । उहाँले तीन दिनदेखि धान ट्याक्टरमा लोड गरी ल्याएकामा कम्पनीका कर्मचारीले विभिन्न बहाना देखाएर धान खरिद गर्न नमानेको तर बिचौलियाको धान खरिद भइरहेको बताउनुभयो ।