लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले संविधानले दिएको प्रावधान अनुसार नै आफूले प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरेको बताएका छन् ।रिपोर्टर्स क्लब लुम्बिनीको स्मारिका विमोचन तथा सम्मान कार्यक्रमलाई आज बुटवलमा सम्बोधन गर्दै प्रमुख शेरचनले संविधान भन्दामाथि केही पनि नहुने भएकोले आफु संविधानको पालनकर्ता मात्र भएको बताए । उनले संविधानले आफूलाई कुनै पनि राजनीतिक पार्टीको नभनेकाले सोही अनुसार बुझ्न र व्यवहार आग्रह गर्दै विशेष अधिवेशन संविधान अनुसार नै आह्वान भएको जिकिर &nbs