कोरोना नियन्त्रणमा नेपाल प्रहरीका ५१ हजार र सशस्त्र प्रहरीका २९ हजार जनशक्ति ७७ जिल्लामै खटिएका छन् । नेपाल प्रहरीका प्रवक्ता कुवेर कठायतले नेपालका ७७ जिल्लामा कोरोना नियन्त्रण, उपचार, क्वारेन्टिन तथा आइसोलेशनको सुरक्षामा ५१ हजारभन्दा धेरै प्रहरी परिचालन भएको बताउनुभयो ।